मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रुस जवरजस्ती युक्रेनमा पस्न खोज्दा विश्वभर त्रास

रुस जवरजस्ती युक्रेनमा पस्न खोज्दा विश्वभर त्रास

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- दोस्रो विश्व युद्ध पछिको सवैभन्दा गहिरो संकट रुस र युक्रेन विचको युद्धले सृजना गरेको छ । रुसका राष्ट्रपति भ्यालदेमर पुटिनले अमेरिकी समय अनुसार वुधवार सांझ युक्रेन माथि सैन्य कारवाही गर्ने आदेश दिए पछि संकट अरु गहिरिएको हो । 
 
अमेरिकी संचार माध्यम सीएनएनले युक्रेनका प्रमुख शहरमा विस्फोटका आवाज आएको जनाएको छ । युक्रेनमा विहिवार विहान शुरु नहुदैं रुसले केही टार्गेटमा मिसाइल फायर गरेको सीएनएन संवाददाताले जनाएका छन् । तर, यसको पुष्टि हुन बांकी छ । 
 
विश्वका विभिन्न देशले देखाएको कुटनीतिक सकृयता समाप्त भएको छ । र अव रक्तपात पुर्ण युद्धको त्रास विश्वभर फैलिएको छ । 
 
यो संकटले नेपाल लगायत साना राष्ट्रको चिन्ता अरु बढाएको छ । सैन्य ताकतले स्वतन्त्र देशमाथि हस्तक्षेप खुला रुपमा देखिएकाले पनि साना देशको चिन्ता वढेको हो । 
 
यो संकट कसरी सकिन्छ र यसले वर्तमान विश्वको राजनीतिक, आर्थिक र कुटनीतिक क्षेत्रमा कस्तो असर पार्छ भन्नेमा अन्यौलता देखिएको छ । 
 
संकट गहिरो हुदैं जांदा विश्व आर्थिक बजारमा तनाव देखिएको थियो । अमेरिका लगायत कयौं विकसित देशका लगानीकर्ता हतोत्साहित भएका थिए । यसले अमेरिका लगायत थुप्रै देशको शेयर बजारमा निरन्तर गिरावट आईरहेको थियो । 

यसले विश्व बजारमा तेलको मूल्य अरु वढेको छ । 

 
रुसले युक्रेनका विद्रोही वाहुल्य रहेको क्षेत्रलाई यसै साता स्वतन्त्र देशको मान्यता दिए पछि अमेरिका लगायत पश्चिमा देशहरुले रुसमाथि आर्थिक नाकावन्दी घोषणा गरेका थिए । 
 
तर, यसलाई वेवास्ता गर्दै रुसी राष्ट्रपति पुटीनले युद्धको तयारीलाई तिव्रता दिएका थिए । 
 
अमेरिका युरोपका कयौं देशले रुसको यो घुसपैठलाई कडा शुब्दमा विरोध गरेका छन् ।  रुसलाई सवक सिकाउन कस्तो रणनीति लिने भन्ने छलफल भईरहेको छ । 
 
अमेरिकाले युक्रेनको समर्थन गरेपनि पुटिनको सैन्य उन्मादलाई रोक्न ह्वाइट हाउस प्रशासनले समय अगावै उपयुक्त कदम चाल्न नसकेको आरोप लागेको छ । पुटिनलाई रोक्न अमेरिकाले आर्थिक नाकावन्दी वाहेक कस्तो कदम चाल्छ भन्ने विश्वभर चासोको विषय वनेको छ । 
 
पुर्व सोभियत संघवाट अलग भएर स्वतन्त्र राष्ट्र भएको युक्रेन युरोपियन युनियनको सदश्यता र नाटो भित्र छिर्न खोजेको थियो । रुसलाई यो मन परेको थिएन । तर, यो कारण वहाना मात्र भएको वताईएको छ  । पटिन पुर्व सोभियत संघका देशलाई पुन रुस अन्तर्गत ल्याउने महत्वकांक्षामा अघि वढेको विश्लेषण गरिएको छ । 
 
रुसको यो सैन्य उन्मातलाई विरोध गर्न युक्रेनले आग्रह गर्दै आएको छ । तर, चीन, भारत जस्ता देशले खुलेर रुसको विरोध गरेका छैनन । नेपालले भने कुटनीतिक माध्यमवाट समस्या समाधन गर्नु पर्ने धारणा सार्वजनकि गरेको छ । यस्ता विश्व संकटमा नेपालले सधैं यस्तै धारणा राख्दै आएको थियो । 

तस्बिर: सामाजिक संजाल