मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा सल्लाहकार समिती गठन

रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा सल्लाहकार समिती गठन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय नेपालीहरुको जेठो संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितीको बैठकले पांच सदस्सिय सल्लाहकार समिती गठन गरेको छ ।
 
यसरी संस्थाको कार्यसमितीको बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितीका सदस्यहरुमा डा.अनीता थपलिया, मणी बस्नेत, भरतराज जोशी, शुदर्शन अधिकारी, मनोजकाजी तुलाधर रहेका छन् ।
 
कोलोराडोको नेपाली समुदायमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउनु हुने महानुभावहरुलाई संगटेर सल्लाहकार समिती चयन गरिएको संस्थाका अध्यक्ष टिका पौडेलले बताएका छन् ।
 
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 
 
त्यसै गरी संस्थाले नेपाल र नेपालीको पहिचाहनकोलागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकार संग सम्न्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग समन्वय गरि सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।