मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मिलन र शान्तिले ड्यालस तताए

मिलन र शान्तिले ड्यालस तताए

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस(अमेरिका)- माझी दाई पोखरा फेवातालको, हगंकगं आईडीले जस्ता चर्चित गितका सजर्क मिलन लामाले शुक्रवार सांझ टेक्सस ड्यालस  तताए । डलास अर्भिगंमा नयां खुलेको नांगलो रेष्टुरेष्टमा मिलनसंग थुप्रै नेपाली दर्शकहरु नेपाली लोक संगितमा झुमेका थिए ।
मिलनलाई स्टेजमा गायिका शान्ति भण्डारीले साथ दिएकी थिईन । लाठी चार्थ नगर मेरो मायामा जस्ता गितवाट शन्ति चर्चित छिन् । कोभिड १९ का कारण केही समय यस्ता नेपाली कार्यक्रम हुन बन्द भएका थिए । तर, यस कार्यक्रमले अव सवै समान्य हुन थालेका देखाएको थियो ।

विदेशमा वस्नेका भावनाको गिट, दोहोरीमा घोचपेच लगायत मिलन र शान्तिको सुरिलो स्वरले ताली र वाहवाही भईरहेको थियो । त्यहां मिलन र शान्तिलाई सुन्न उपस्थित दर्शक समेत घोचपेचका पात्र वन्दा धेरैले तालि पिटेका थिए । हांसो छुटेको थियो ।  त्यहाँ स्थानीय कलाकारहरुपनि साथ दिएका थिए I 
लोक गायक मिलनले केही बर्ष अघि पनि ड्यालस  तताएका थिए । मिलनले यस पटक न्यूयोर्कवाट आफ्नो प्रस्तुती शुरु गरेका थिए । शनिवार लस एञ्जल्समा प्रस्तुती दिने कार्यक्रम छ । 
 
अर्भिङ्ग वाट नांग्लोले आफ्नो नाममा खोलेको यो तेस्रो रेष्टुरेष्ट हो । शुक्रवारवाट यसले औपचारिक रुपमा सेवा शुरु गरेको छ ।