मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

काउन्सिलम्यान पौडेलको आयोजनामा चियापान सम्पन्न (भिडियो सहित)

काउन्सिलम्यान पौडेलको आयोजनामा चियापान सम्पन्न (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – सात महिना अघि युलेस सिटी काउन्सिलमा निर्वाचित टिका पौडेलले आइतबार अर्भिङमा चियापान कार्यक्रम सहित आफुले अघि बढाएका कार्यक्रमका बारेमा समुदायलाई जानकारी दिए । 
 
गत जुन महिनामा भएको सिटी काउन्सिलको चुनावमा पौडेल निर्वाचित भएका थिए । त्यस यता सिटीमा भएका र आफूले खेलेका भूमिका बारेमा नेपाली समुदायलाई अवगत गराएका हुन् । पौडेलले नेपाली समुदायको चाहना अनुसार फूटबल मैदान, भलिबल कोर्ट बनाउका लागि बोर्डमा प्रस्ताव अघि बढाइसकेको जानकारी दिए । 
युलेस सिटी काउन्सिल टिका पौडेल

युलेस सिटी काउन्सिल टिका पौडेल
डिएफडब्लु एअरपोर्टसँग जोडिएर रहेको युलेस सिटीमा स्थायी बसोबासका लागि नेपाली समुदायको निकै ठूलो चासो रहेको छ । सिटीबाट गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिन र सिटीका बिभिन्न गतिविधिमा चासो दिन एवं सकृय हुनका लागि समेत पौडेलले आव्हान गरेका थिए ।
 
सो अवसरमा नेपाली समुदायका अगुवाहरु कृष्ण लामिछाने, सुमन थापा साथै सिटी काउन्सिलका उम्मेदवार मोहन ज्ञवाली, टेक्सस स्टेट हाउस ९२ का प्रत्याशी दिनेश शर्मा लगायतको पनि उपस्थिती थियो ।