मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मार्च ५ मा लायन्स क्लबको नेपाल साँझ

मार्च ५ मा लायन्स क्लबको नेपाल साँझ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – ड्यालस एभरेष्ट लायन्स क्लबले आफ्नो बार्षिक कार्ययोजना अनुसार आउँदो मार्च ५ तारिक ‘नेपाल साँझ’ (इभिनिङ्ग इन नेपाल–२०२२) आयोजना गर्ने भएको छ ।
 
नेपाली सांस्कृतिक कार्यक्रम सहितको सो कार्यक्रम ड्यालस एभरेष्ट लायन्स क्लबले गर्दै आएको मध्य सबैभन्दा उत्कृष्ठ कार्यक्रम हो । क्लबका द्वितीय उपाध्यक्ष तथा नेपाल साँझ कार्यक्रमका संयाजक सूर्यनाथ भण्डारीका अनुसार कार्यक्रममा सहभागीताबाट संकलित रकमले क्लबले सञ्चालन गर्दै आएका रक्तदान, किप अर्भिङ ब्युटिफुल लगायतका सामुदायिक कृयाकलापहरु सञ्चालन हुनेछन् ।
 
कार्यक्रममा सहभागिताका लागि प्रतिव्यक्ति ६५ डलर र दम्पत्तिका लागि एकसय डलर शुल्क तोकिएको छ । कोपेलस्थित फोर प्वाइन्ट शेराटन होटलमा आयोजना हुने कार्यक्रममा प्रमुख वक्ताका रुपमा लायन्स क्लब इन्टरनेसनलका अध्यक्ष जिमी रस रहेका छन् ।
 
लायन्स क्लबले सन् २००३ देखिनै बार्षिक कार्यक्रमका रुपमा नेपाल साँझ आयोजना गर्दै आएको छ । निर्वाचनको अस्वस्त प्रतिस्पर्धा नहुने र क्रमशः नेतृत्वमा पुग्न पाउने प्रावधानका कारण लायन्स क्लबले स्थानीय समुदायमा निकै राम्रो छाप बनाएको छ । 
 
ड्यालस एभरेष्ट लायन्स क्लबको वर्तमान अध्यक्ष केदार तिमिल्सिना हुन् । यस अघि राधाकृष्ण काफ्ले, कृष्ण लामिछाने, राम सी पोखरेल, बिएन पन्त, शिव काफ्ले लगायतले नेतृत्व गरिसकेका छन् ।