मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अर्भिङ्गमा नाङ्ग्लो रेष्टुँराको नयाँ शाखा

अर्भिङ्गमा नाङ्ग्लो रेष्टुँराको नयाँ शाखा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – टेक्ससको अर्भिङ्ग सिटीमा नाङ्ग्लो रेष्टुरेन्टको नयाँ शाखा (आउटलेट) शुक्रबार देखि सञ्चालनमा आउने भएको छ । 
 
गत फेब्रुअरी ४ तारिकमा सञ्चालनमा आउने भनिएकोमा मौसमका कारण रोकिएको थियो । अर्भिङको ४०७० बेल्टलाइनमा सञ्चालनमा आउन लागेको नाङ्ग्लो आउँदो शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो । 
नाङ्ग्लो ग्रुपको यो तेस्रो आउटलेट हो । यस अघि पहिलो आउटलेट युलेसमा खुलेको थियो । त्यसपछि दोस्रो आउटलेट भेरिडिएन (आर्लिङ्गटन)मा केही महिना अघि खुलेको थियो । 
 
शुक्रबार र शनिबार नाङ्ग्लो उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । लोकगायक मिलन लामा र शान्ति भण्डारी,  नलिना चित्रकार, किरण गजमेर लगाएत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम समेत रहेको छ । त्यस अवसरमा २० प्रतिशत छुटको समेत प्रावधान राखिएको छ ।