मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

आइतबार पौडेलको चियापान

आइतबार पौडेलको चियापान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेलले यही आइतबार चियापान सहितको अन्तरकृया कार्यक्रम आयोजना गरेका छन् ।
 
आप्रवासी पौडेल अमेरिकाको दक्षिणी राज्य टेक्ससमा जनप्रतिनिधि हुने पहिलो नेपालीमुलका व्यक्ति हुन् । ६ महिना अघि सिटी काउन्सिलमा निर्वाचित भएका पौडेलले यस अवधिमा आफुले गरेका कार्यहरु र नेपाली समुदायले केन्द्रित हुनुपर्ने अवको विषयहरुका बारेमा छलफल गर्न चियापान कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
 
फेब्रुअरी ६ तारिक आइतबार अर्भिङको करी लिफ रेष्टुँरामा चियापान कार्यक्रम हुनेछ । दिउँसो २ बजेबाट कार्यक्रम सुरु हुने पनि उनले जानकारी दिए । चियापानमा उपस्थित भइदिनका लागि पाैडेलले नेपाली समुदायका सबैसँग अपिल गरेका छन् । ‘सबैलाइ मेरो चुल्हे निम्तो छ । सहभागी भएर अाफ्ना जिज्ञासाहरू राखिदिनुहोला’ उनले अनुरोध गरेका छन् । 
 
‘नेपालबाट आफ्ना माता–पितालाई छाडेर आएका हामीहरु मिलेमा यो अवसरको भूमिमा हाम्रो समुदाय धेरै अघि बढ्नसक्छ । समुदायलाई एक तुल्याउने मेरो प्रयास रहनेछ’ पौडेलले भने । पौडेलको पथलाई पछ्याउँदै युलेस सिटी काउन्सिलमै मोहन ज्ञवाली र टेक्ससको तल्लो सदनका लागि दिनेश शर्माले उम्मेदवारी दिएका छन् ।