मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली जनसम्पर्क समिति नामक अर्को संस्था दर्ता

नेपाली जनसम्पर्क समिति नामक अर्को संस्था दर्ता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालयखवर संवाददाता – अमेरिकामा राजनीति गतिविधि समेत संचालन गर्न पाउने गरी अर्को नेप्लिज पब्लिक रिलेशन कमिटी, अमेरिका (नेपाली जनसम्पर्क समिति, अमेरिका विधिवत दर्ता भएको छ । 
 
क्यालिफोर्निया राज्यमा जनवरी २० मा करमुक्त सामाजिक संस्था ५०१ (सी)(४)का रुपमा उक्त संस्था गठन भएको हो । 
 
जनसम्पर्क समितिले विदेशमा नेपाली कांग्रेसलाई प्रतिनिधित्व गर्छ । उक्त संस्थाका संस्थापकले पनि अमेरिकामा नेपाली कांग्रेसको विचारधारा अगाडी वढाउने गरी कृयाकलाप गर्न गठन भएको वताएका छन् । 
 
उक्त संस्थाको अध्यक्षमा सुवास घिमिरे र महासचिव क्रान्ति अर्याल भण्डारी रहेको सार्वजनिक गरिएको छ । यो संस्था प्रति नेपाली कांग्रेस पार्टीले कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । 
 
अमेरिकामा नेपाली कांग्रेसलाई समर्थन गर्न जनसम्पर्क समितिमा विवाद भईरहेको वेला अर्को संस्था गठन भएको हो । जनसम्पर्क समितिले ७ बर्ष अघि अधिवेशन गरेको थियो । अहिलेको उक्त संस्थाका पदाधिकारीको वैधताका विषयमा प्रश्न उठिरहेको छ । उक्त संस्थाको हैषियत वैधानिक छ, छैन भन्ने विवाद पनि छ ।
 
केही महिना अघि पनि जनसम्पर्क समितिका नाममा नयां कार्यसमिति भन्दै सामाजिक संजालमा राखिएको थियो ।