मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

शेयर र क्रिप्टो बजार

शेयर र क्रिप्टो बजार

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- केही दिन यता अमेरिकाको शेयर बजारमा लगानी गर्ने कयौं नेपालीको निन्द्रा हराएको छ । अझै बढ्ला र वेचौंला भन्दा कयौंको सम्पत्ति तल झरेको छ । 
 
अमेरिकामा शेयरमा लगानी र कारोवारलाई व्यवसाय वनाएका टेक्सस डलासका ओजेस उप्रती भन्छन् शेयरमा गरेको लगानीको नाफा निकालेर सुरक्षित हुन नसक्दा यस्तो स्थिती आएको हो ।
 
मलाई नोक्सान पर्यो भन्दै कयौं नेपाली साथी भाईले मलाई सम्पर्क गर्नु भएको छ ओजेस भन्छन् हाम्रो समुदायभन्दा अगाडी शेयरमा खेल्ने कोरियन, चाइनिज लगायत आफ्नो लगानीवाट नाफा निकाल्न (वाध्न) जानिकसेका थिए उनीहरुले त्यही गरे र अहिले सुरक्षित वनेका छन् । 
 
दुई बर्ष अघि अमेरिकामा कोभिड १९ महामारी बढेपछी शेयर बजार तल झरेको थियो । चिनिया इभी कम्पनी नियोको शेयर करिव ४ डलरमा किन्न सकिन्थ्यो । ठुला देखि साना कम्पनीको शेयर मूल्य निकै तल थियो । एएमसी, गेमस्पट, रविनहुड लगायतका शेयर मूल्य पनि एकाएक वढेर तल झरेका छन् । 
 
बजारमा एक दिनमै ठुलो अन्तरले तल माथि पनि हुने गरेको छ । कारोवार शुरु भएको केही घण्टामा हजार भन्दा वढीले तल झरेको अर्थात रातो भएको डोजोन्स इन्डेक्स बन्द हुदां बाउन्स ब्याक भएर हरियो भयो । सन् २०२२ शुरु भए यता यो प्रवृत्ति दैनिक देखिन थालेको छ । 
 
धेरै नेपालीले त्यही वेला शेयरमा लगानी गर्न शुरु गरेका थिए । कोभिड १९ को महामारीले वाहिर निस्कने कम थिए । त्यसवेला नेपाली समुदाय मात्र होइन धेरै नयां लगानीकर्ता शेयर बजारमा प्रवेश गरे । ब्रोकर कम्पनी रविनहुडमा शेयर कारोवार गर्न एकाउण्ट खोल्नेको संख्याले पनि यही देखाउंथ्यो । त्यो बेला ४ डलरमा किनवेच भएको नियो पछि ६६ डलर सम्म पुग्यो । अहिले फेरी घटेर २० डलरमा आएको छ ।
 
कोभिड १९ को महामारीका महिनाहरुमा जसले लगानी गरे उनीहरु अहिलेपनि फाइदामै छैन । त्यसपछि वढेको वेला किन्ने तर, नाफाहुदां विक्री गर्न नसक्नेको भने निन्द्र हराएको छ घाटा भएको छ । 
 
शेयर बजारमा एकै पटक ठुलो प्रतिशतको बृद्धि अप्राकृत्तिक थियो । कयौं कम्पनीको शेयर केही दिनमै दोब्बर वा वढी समेत भयो । त्यस्तो अवस्था संधै हुदैंन ओजेस भन्छन् यो बजारमा वाई होल्ड र सेलकाकै आधारमा कारोवार गर्दा सुरक्षित हुन सकिन्छ । 
ओजेस उप्रेती

ओजेस उप्रेती
कतिपय नेपालीले कम्पनीको विवरणहरु पढेर वुझेर भन्दा पनि हो हल्ला साथि भाईले भनेका आधारमा शेयर किनेको हुदां पनि अहिले समस्या आएको उनले वताए । शेयर बजार हल्लाका भरमा किन्ने पैसा लगाउने ठाउं पनि होइन ।
 
अव के हुन्छ ओजेस भन्छन् यो बेला सुरक्षित भएर शेयर बजारमा लगानी गर्नु पर्छ । आर्थिक तथ्यांकले सकेसम्म क्यासनै हातमा राख्नु उचित हुने देखाउंछ लामो समयका लागि शेयर किनेर होल्ड गर्ने समय पनि हो । 
 
अमेरिकाको अर्थतन्त्रमा अहिले विरोधासपुर्ण तथ्यांकहरु आईरहेका छन् । उपभोग्य वस्तुको मूल्य उच्चदरले बृद्धि भएको छ । समिति आम्दानी हुने अमेरिकी परिवार यो मूल्य बृद्धिले दवावमा छन् । घरजग्गा र घरभाडा उच्चदरले बृद्धि भएको छ । सरकारले दिने सहुलियत रोकिएको छ । 
 
महिनाबरी रुपमा सरकारले बैंक खातामा हाल्दै आएको चाइल्ड क्रेडिट रोकिएको छ । यसले कयौं परिवारलाई समस्यामा पार्न थालेको छ। अमेरिकी उपभोक्ताले कोभिड १९ शुरु हुदां खर्च घटाएका थिए । तर, अहिले पहिले भन्दा वढी खर्च गर्न थालेका छन् । यसले उपभोक्ताको ऋणभार वढ्छ ।
 
अर्थतन्त्रको प्रभाव शेयर बजारमा मात्र होइन ग्यांस स्टेशन, लिकर सपमा पनिपरेको छ । ग्यांस स्टेशन र लिकरसपमा कयौं नेपालीले लगानी गरेका छन् । व्यवसाय तल झरेको कयौंको अनुभव छ । 
 
क्रिप्टोकरेन्सीका दिन गएकै हुन् 

यो बर्षको शुरु देखिनै डिजिटल मुद्रा भनिने क्रिप्टोकरेन्सीको मूल्य पनि तल भर्यो । सवैभन्दा मुल्यवान क्रिप्टोकरेन्सी विट्क्वाइन करिव ३० प्रतिशत तल झर्यो । इथेरियममा पनि आधाले गिरावट आयो । साना तिना क्रिप्टोकरेन्सी डगक्वाइन, सिवाइनपनि तल भरे । यि साना तिना क्रिप्टोकरेन्सीमा कयौं नेपालीको लगानी भएको थियो । 
अहिले क्रिप्टोकरेन्सीमा लगानीलाई सवैभन्दा जोखिम मानिएको छ । बिट्क्वाइनलाई कानुनी मान्यता दिएको एलसाल्भाडोर यसको मूल्यमा आएको उतार चढावले संकटमा पर्न थालेको छ । अन्तराष्ट्रिय मुद्रा कोषले एलसाल्भाडोरलाई तत्काल विट्क्वाइनलाई कानुनी मान्यता दिएको निर्णय फिर्ता लिन सुझाव दिएको छ । 
 
भारत, चीन, रसिया, अमेरिका लगायतका देशले क्रिप्टोकरेन्सी पनि अनुदार हुदैं आएका छन् । यी देशमा क्रिप्टोकरेन्सी किनवेच गर्नेलाई हतोत्साहित गर्न थालिएको छ । यसले क्रिप्टोकरेन्सीमा लगानी अझ जोखिम देखिएको छ । तस्बिर: सामाजिक संजाल 

यो पनि पढ्नु होला>> शेयरमा लगानी गर्दा बिर्सन नहुने तीन शब्द : बाइ, होल्ड एन्ड सेल