मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

क्रिप्टो क्राइम कि डिजिटल गोल्ड ?

क्रिप्टो क्राइम कि डिजिटल गोल्ड ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । केही दिन अघि मात्र नयाँ पदभार सम्हालेका न्यूयोर्कका मेयर एरिक एडम्सले क्वाइनबेसमार्फत आफ्नो पहिलो तलबलाई क्रिप्टोकरेन्सीमा रुपमान्तरण गरे । मेयरले पहिलो ‘पेचेक’ करीब ५ हजार ९०० डलरलाई बिटकोइन र इथरियममा रुपमान्तरण गरेर डिजिटल मुद्राको बिश्व बजारको महत्वलाई थप बल प्रदान गरे ।
 
बिश्वकै धनाढ्यको सूचीमा अग्रपत्तिमा रहेका क्यानेडेली अमेरिकी ब्यबसायी एलन मस्कले  डोजकोयन  र शिवा इनुमा आफूले लगानी गरिरहेको कुरालाई बारम्बरा ट्वीट गरिरहेका हुन्छन् । केही दिनअघि मात्र मस्कले आफ्नो कम्पनी तेस्लाले डोजकोयन स्वीकार्ने उद्घोष गरेपछि यो क्रिप्टोकरेन्सीको मूल्य ठाडो उकालो लागेको थियो । यसबाट पनि के प्रष्ट हुन्छ भने बिश्वबजारमा क्रिप्टोकरेन्सीका बिशेष महत्व छ ।
 
त्यतिमात्र हैन, बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीलाई बिश्वकै शक्रिशाली धानढ्य देश बेलायत, जापान, फ्रान्स, डेनमार्क, मेक्सिको, स्पेनजस्ता देशले बैद्यानिक रुपमा मान्यता दिएका छन् । २५ नोभेम्बरको दिन इलसाल्भाडोरजस्तो देशले पनि बिटक्वाइनलाई मान्यता दिने उद्घोष गरी बिश्वबजारमा यसको मूल्यालाई उचाईमा पुर्याएका थिए । त्यसैले बिटक्वाइनलाई डिजिटल गोल्ड पनि भन्ने गरिन्छ ।
 
बिश्वप्रसिद्ध ब्यक्तित्वहरु जस्तै पेरिस हिल्टन, बिल गेट्स, माइक टाइसन, सेरेना विलियम्सलगायतले पनि क्रिप्टोकरेन्सीमा लगानी गरी फाइदा लिने गरेको बिभिन्न संचारमाध्यममा आउने समाचारबाट पनि पुष्टि हुन्छ ।
 
अमेरिकाले त अझ बिश्व क्रिप्टोकरेन्सीको ठुलो हिस्सा ओगटेको छ । एक अध्ययनले ४८ प्रतिशत अमेरिकीले क्रिप्टोकरेन्सी कारोवार गर्ने गरेको देखाएको छ । यूएस क्रिप्टो सर्भेले कोभिड १९ को कारण धेरै मानिस धरमै बस्न बाध्य भएकाले पनि ठूलो संख्यामा अमेरिकीले स्टक मोर्केट विशेषगरी क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको सर्बेक्षणले देखाएको छ ।
 
अमेरिकी शेयर बजारमा पनि क्रिप्टोकरेन्सीको ठूलो हिस्सा छ । क्रिप्टोको महत्वसंगै यसको लगानीकर्ता पनि दिनप्रतिदीन बिश्वब्यापी रुपमा बढ्दै गरिहेको नै देखिन्छ । यो त एउटा समान्य देखिएको लगानी मात्र हो, यसबाहेक संसारमा थुप्रै धनाढ्य अदृश्य लगानीकर्ताको लगानी क्रिप्टोमा छ ।
 
संसार अहिले डिजिटल वल्र्डको मार्गमा अगाडि बढीरहदा विकसित देशले पनि डिजिटल मुद्रालाई मान्यता दिदै गइरहेका छन् । नेपाल, इराक, मोरक्को,  बंगलादेश, इजिप्टजस्ता देशले क्रिप्टो कारोबारलाई अझ बैद्यानिकता दिएका छैनन् । तर, बिदेशमा बस्ने नेपालीलाई त्यहाँको नियम कानून अनुसार गरिएको क्रिप्टो कारोवारलाई क्राईमनै हो भन्नुको कुनै तुक भने छैन । सबै देशको आ आफ्नो नियम, कानून हुन्छ त्यहिअनुसारनै किनबेच हुने गर्दछ ।
 
यसतर्फ म धेरै बहस गर्न चाहन्न । तर संसार जसरी क्रिप्टोकरेन्सीमा बिभाजन भै रहेको छ त्यो सोचनीए बिषय हो । क्रिप्टोकरेंसीमा बिकसीत देशमा आकर्षण बढीरहेको छ  भने हाम्रो जस्तो देशमा चिन्ता बढाएको छ  । यो अर्थमा क्रिप्टोकरेंसीलाई डिजिटल गोल्ड भन्ने कि हाम्रो जस्तो देशमा अपराधको रुपमा व्यबहार गर्ने तपाईं  हाम्रो हात मा छ  । जय नेपाल !