मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सन् २०२१ को ट्याक्स रिटर्न फाइल गर्ने समय शुरु भयो

सन् २०२१ को ट्याक्स रिटर्न फाइल गर्ने समय शुरु भयो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको राजश्व विभाग आईआरएसले जनवरी २४ सोमवार देखि व्यक्तिगत ट्याक्स रिर्टनको विवरण लिन शुरु गरेको छ । 
 
आउने अप्रिल १८ सम्म ट्याक्स फाइल गर्न सकिने छ । यो दिनसम्म गत बर्ष आम्दनी र अमेरिकी सरकारलाई तिरेको करको विवरण तोकिएको फारम भरेपछि पैसा फिर्ता लिनुपर्ने भए आउंछ । तिर्नु पर्ने रहेछ भने नियम अनुसार सरकारलाई पैसा फिर्ता गर्नु हुन्छ । 
समान्यत ट्याक्स रिर्टन अप्रिल १५ सम्म हुने भएपनि वासिंटन डीसीमा इमान्सिपेशन डे परेकाले अप्रिल १८ सम्म समय दिईएको हो । 
 
यदी यो अवधिमा ट्याक्स रिर्टन गर्न नसक्नेले ६ महिना समय थप गर्नपाउंछन् । तर, ट्याक्स रिर्टनको समयमात्र थप्न पाइन्छ तिर्न पर्ने रकममा भने यस्तो छुट हुदैंन । 
 
विशेष अवस्थामा केही राज्य वा स्थानमा ट्याक्स फाइल गर्ने समय थपपनि गरिएको छ । एरकान्सस, इलिनोई, केन्टकी, र टेनसी राज्यका आंधीवेरीवाट प्रभावितका लागि थप समय दिईएको छ । कोलोराडोमा हालै भएको आगलागीवाट प्रभावितलाई पनि थप समय दिईएको छ । 
 
चाडै ट्याक्स फाइल गर्यो भने फिर्ता लिनुपर्ने भए यो चाडै आउने छ । तर, गत बर्ष जस्तै यस बर्ष पनि आईआरएस कोभिड १९ का कारण कम जनशक्तिमा काम गर्नु पर्ने भएकाले ट्क्यास रिर्टन आउन समान्य भन्दा वढी समय लाग्न पनि सक्छ । कतिपयको गत बर्षकै राफसाफ हुन बांकी रहेको वताईएको छ । 
 
समान्यतह तोकिएको फारम भरेर ट्याक्स फाइल गरेको २१ दिनमा आईआरएसले रिटर्न पठाउन शुरु गर्छ । सम्वद्ध व्यक्तिको बैंक खातामै रिटर्न जम्मा गरिदिन्छ । 
 
ट्याक्स फाइदा गर्दा सही विवरण उल्लेख गरी फारम भर्नु पर्छ । होइन भने पछि झमेलामा पर्न सकिन्छ । शुरुमा रोजगारदाताले दिने डब्लु टु लगायत आश्वयक कागजात जम्मा गरी ट्याक्स फाइल गर्नु पर्छ । यसमा आश्रित आफ्ना बालबालिकाको विवरण भर्न छुटाउनु हुदैंन ।
 
रोजगार वाहेक आम्दानीका स्रोत विभिन्न खालका छन् । जटिलताहरु छन् भने कर विज्ञको परामर्श दिनु उपयुक्त हुन्छ । मुख्य कुरा ट्याक्स फाइल अमेरिकामा आम्दानी गर्नेले अनिवार्य गर्नु पर्छ । यसलाई खेलांचीका रुपमा लिनु हुदैंन । आईआरएसले भने अनुसार गर्नु पर्छ । उनले पठाउने पत्रको समय भित्रै सम्वोधन गर्नु पर्छ । यो कानुन हो । खेलांची गर्दा पछि कानुनी झमेलामा पर्न सकिन्छ । 
 
ट्याक्स फाइलका क्रममा विभिन्न प्रकारका ठगी गर्ने नियतले आईआरएसवाट भन्दै टेलिफोन गर्ने गरेका उदाहरण छन् । आईआरएसले टेलिफोनवाट यसरी सम्पर्क गर्दैन । यस्ता फोन आए नवुझिकन, विज्ञसंग परामर्श नलिई व्यक्तिगत जानकारी कुनै पनि हालतमा दिनु हुदैंन । बैंक खाता विवरण दिनु हुदैंन । थाहा भएन भनेर फोन राख्न पाइन्छ । ठगी गर्ने फोनवाट भने वच्नु पर्छ ।