मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विदेशमा वस्ने नेपाली नागरिकका लागि पनि क्रिप्टोकरेन्सी किनवेच गैरकानुनी हुने

विदेशमा वस्ने नेपाली नागरिकका लागि पनि क्रिप्टोकरेन्सी किनवेच गैरकानुनी हुने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- नेपाल राष्ट्र बैंकले गत साता नेपाली,नेपालमा वस्ने विदेशी र विदेशमा वस्ने नेपाली नागरिकले क्रिप्टोकरेन्सी किनवेच गरेमा कानुन बमोजिम कारवाही हुने सुचना सार्वज्निक गरेको छ ।
 
राष्ट्र बैंक विदेशी विनिमय विभागले सार्वजनिक गरेको सुचना अनुसार भचुर्यल करेन्सी, क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिगं कारोवार व्यवसाय गैरकानुनी रहेको जनाएको छ । 
 
विदेशमा वस्ने थुप्रै नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । अमेरिकामा मात्र नेपाली समुदायले लाखौं डलर क्रिप्टोकरेन्सीमा लगाएका छन् ।
 
राष्ट्र बैंकको यो सुचनाले विदेशमा बसेर लगानीगर्नेलाई के होला भन्ने प्रश्न उठेको छ ।  हालसम्म राष्ट्र बैंकसंग विदेशमा वसेर क्रिप्टोकरेन्सी वा त्यहांको स्थानिय शेयरबजारमा लगानी गर्नेलाई कारवाही गर्ने यस्तो कुनै पुर्वाधार छैन । विदेशमा बसेर क्रिप्टोकरेन्सी किनवेच गर्नेलाई कारवाही गर्दा दुई देशको कानुन आकर्षित हुन्छ ।
 
यस अवस्थामा विदेशमा रहेकालाई कारवाही गर्न  कठिन छ । विदेशमा बसेका नेपाली नागरिकले क्रिप्टोकरेन्सीमा किनवेच गरेको आधारमा समाइहाल्छ भन्ने छैन । डराउनु पर्दैन । 
 
 उदाहरणका लागि अमेरिकाले कुनैपनि क्रिप्टोकरेन्सीलाई मान्यता दिएको छैन । तर, कारोवार गर्नेलाई कारवाही पनि गर्दैन । स्वतन्त्र छाडेको छ । यहां जोखिम लिनेले लगानी गरेका छन् , किनवेच गर्छन । स्टोरहरुमा समेत क्रिप्टोकरेन्सी किनवेच गर्ने मेसिन राखिएका छन् । सवै खुलमखुला छ । तर, यो किनवेच वाट प्राप्त आम्दानीमा भने सरकारलाई कर तिर्नु पर्छ । अमेरिकाले आम्दानीमा नियमअनुसार कर लिन्छ । 
 
त्यसैले अमेरिकामा बसेर क्रिप्टोकरेन्सी कारोवार गर्ने नेपाली नागरिकलाई आएर राष्ट्र बैंकले कारवाही गर्न मिल्दैन ।   
 
तर, क्रिप्टोकरेन्सी छ,  नेपाल बसेर पनि किन बेच गर्ने योजना छ भने यो भने नगर्दा हुन्छ । नेपालमा वसेर कारोवार गर्दा कारवाहीको फन्दामा पर्न पनि सकिन्छ । 
 
राष्ट्र बैंकले आफ्ना नागरिकलाई सचेत वनाएको भने छ । क्रिप्टोकरेन्सीमा लगानी उच्च जोखिम पनि हो । 
 
नेपालमा क्रिप्टोकरेन्सीको किनवेच वन्देज छ । गत साता विट्क्वाइन मार्फत कारोवार गर्ने ३ जना नेपाली काठमाडौमा पक्राउ पनि परेका थिए । 
 
(कुनै पनि लगानीमा जोखिम हुन्छ । यो व्यक्तिगत निर्णय हो । हाम्रो समाचारले लगानीमा असर परेमा हिमालयखवर यसमा जिम्मेवार हुदैंन । सम्पादक)

तस्बिर: सामाजिक संजाल