मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार २३ हजार परीक्षण गर्दा १० हजारभन्दा बढी सङ्क्रमित

शुक्रबार २३ हजार परीक्षण गर्दा १० हजारभन्दा बढी सङ्क्रमित


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ७०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा सङ्क्रमण पुष्टि भएको हो । 
 
सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । पछिल्लो समय थप ७६६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९१.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 
विगत २४ घन्टामा तीन जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६३५ को सङ्क्रमणका कारणले मृत्यु भएको छ । 
 
पाँच सय र २०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १५र१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् । 
 
नेपालमा सङ्क्रमण दर १७।६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३  हजार ७३४, संस्थागत आइसोलेशनमा एक हजार ६४०, आइसियुमा १९४ र भेन्टिलेटरमा ३५को उपचार हुँदैछ । 
 
यसैबीच, विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । 
 
यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ । रासस