मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ओमिक्रोनले अमेरिकी आर्थिक वृद्धिमा सामान्य प्रभाव पर्छ तर कमजोर बन्दैन : अर्थमन्त्री एलेन

ओमिक्रोनले अमेरिकी आर्थिक वृद्धिमा सामान्य प्रभाव पर्छ तर कमजोर बन्दैन : अर्थमन्त्री एलेन


वासिङ्टन । कोरोनाभाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनले आगामी महिनाहरूमा अमेरिकी आर्थिक वृद्धिलाई सामान्य प्रभाव पारे पनि यसका कारण अमेरिकी अर्थतन्त्र कमजोर नबन्ने अर्थमन्त्री जेनेट एलेनले बताएकी छन् । 
 
“ओमिक्रोनले अमेरिकी अर्थतन्त्रको तौल गर्नेछ तर यसलाई कमजोर गर्ने छैन,” विभिन्न शहरबाट वासिङ्टनमा भेला भएका नगरप्रमुखहरूसँगको छलफलपूर्व मन्त्री एलेनले बुधबार बताएकी हुन् ।  
 
उनले भनिन्, “पक्कै पनि, ओमिक्रोनले एउटा चुनौती प्रस्तुत गरेको छ आगामी महिनाहरूमा केही तथ्याङ्कलाई असर गर्ने सम्भावना छ, तर म विश्वस्त छु कि यसले एक शताब्दीको सबैभन्दा बलियो आर्थिक अर्थतन्त्रलाई कमजोर पार्ने छैन ।”
 
ओमिक्रोनको सङ्क्रमणले गर्दा थुप्रै अमेरिकीहरूले आफ्नो रोजगारीलाई निरन्तरता दिन कठिन परेको छ । कर्मचारीहरूको अभावले गर्दा एयरलाइन्सले क्रिसमसदेखि हजारौँ उडानहरू रद्द गरेका छन् ।
 
कोभिड–१९ को वृद्धिको परिणामस्वरूप सन् २०२२ को पहिलो चौमासिकमा आर्थिक वृद्धि सुस्त हुने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् । 
 
तर, एलेनले आफ्नो ह्वाइट हाउसको नियुक्तिको केही हप्तापछि मार्च २०२१ मा कांग्रेसद्वारा पारित अमेरिकी उद्धार योजनालाई अघि बढाउने देखिएको छ । “अमेरिकी अर्थव्यवस्थालाई कमजोर हुन नदिन उनले पहिलो कदममा खोप अभियानलाई महत्त्व दिएकी छन् ।  
 
एलेनले आकस्मिक कोषबाट ३५० अरब अमेरिकी डलर स्थानीय सरकारहरूलाई कोभिडविरूद्धको लडाईंमा प्रयोग गर्न दिएको कुरालाई छलफलमा विशेष महत्त्व दिने अनुमान गरिएको छ । एजेन्सी