मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह


जेनेभा । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् ।  
 
जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाव छ ।
 
गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मृत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको सम्मेलनमा बताए । संसारभर ओमिक्रोनको अस्वाभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक रहेको उनले बताए । 
 
ओमिक्रोनका कारण गत हप्ताभित्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको भन्दै उनले खोप नलगाएका मानिसहरू गम्भीर सङ्क्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको बताए । ओमिक्रोन भेरियन्ट फैलिएयता युरोप र एसियामा दैनिक सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । एजेन्सी