मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

के एनआरएनएको विवाद समाधान होला

के एनआरएनएको विवाद समाधान होला

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएनए)को जनवरी १५ मा वसेको कार्यसमिति वैठकले चुनावको अर्को तालिका सार्वजनिक गरेको छ । उक्त बैठकले पुर्व र बर्तमान अध्यक्ष राखेर विवाद समाधान गर्न समितिपनि वनाएको छ । उक्त समितिको संयोजकमा पुर्व अध्यक्ष शेष घले रहेका छन् । तर, उक्त बैठकमा घलेभने सहभागी थिएनन् । 
 
एनआरएनए अहिले चरम विवादमा परेको छ । यो बैठकको निर्णय अनुसार विवाद समाधान हुन्छ भन्ने पनि अनिश्चित छ । डेलिगेट विवादका कारण एनआरएनए भित्र विवाद  बढ्दै गएको हो । अमेरिका लगायत केही एनसीसीहरुले विवाद आउने गरी आईसीसीमा डेलिगेटको सुची पठाएका थिए । रसिया, न्यूजिल्याण्ड लगायतका देशका सदश्यता बढाएर डेलिगेट थप गरिएको एक पक्षको आरोप छ । यस्तै विद्यार्थीलाई सदश्य वनाएकोमा सरकार असन्तुष्ठ छ । 
 
यो स्थितिमा विवाद सम्वोधन गर्न सजिलो छैन । अध्यक्ष कुमार पन्तले पत्रकार सम्मेलन भन्दै सार्वजनकि रुपमा शेष घले, उनकी पत्नी, प्रधानमन्त्री शेरबहादुर देउवा उनकी पत्नी कांग्रेस केन्द्रिय सदश्य आरजु देउवा प्रति नकरात्मक टिप्पणी गरेपछि विवाद अझ बल्झिएको थियो । अध्यक्ष पन्तको उक्त अभिव्यक्तिले विवाद मिलाउन अप्ठ्यारो अवस्था सृजना गरेको हो । 
 
जनवरी १५ को वैठकले गरेका निर्णयको वारेमा एनआरएनए द्धारा जारी प्रेस विज्ञप्ति हेरौं ।