मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नायिका दिपाश्री निराैलाद्वारा बुटिक उदघाटन

नायिका दिपाश्री निराैलाद्वारा बुटिक उदघाटन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – टेक्ससको युलेस सिटीमा खुलेको बुटीक उदघाटनका लागि अभिनेत्री दिपाश्री निरौला ड्यालस आइपुगेकी छिन् । 

केही दिनदेखि अमेरिकामा रहेकी अभिनेत्री निरौला ड्याससमा बस्दै आएकी अभिनेत्री अशिष्मा नकर्मीले आइतबार युलेसको मेनस्ट्रिटमा आवरण बुटिकको उद्घाटन गरे । बुटिक सञ्चालिका आफ्नो साथी र सहकर्मी भएका कारण बुटिक उदघाटनका लागि मात्र टेक्सस आएको अभिनेत्री निरौलाले बताइन् ।

बुटिक सञ्चालिक अवानीसिंह ठकुरीसँग आफ्नो गहिरो मित्रता रहेको र काठमाडौंमा चलचित्र, मुन्द्रेको कमेडी क्लब जस्ता प्लाटफर्महरुमा सँगै काम गरेका कारण ड्यालस आएको बताइन् । ‘यति धेरै नेपाली ड्यालसमा हुनुहुँदो रहेछ । उहाँहरुसँग भेटेर मलाई ज्यादै खुशी लाग्यो’ उनले भनिन् । 

अभिनेत्री निरौलासँग फोटो खिच्न र सामाजीक सञ्जालमा पोष्ट गर्नेहरुको निकै भीड लागेको थियो । बुटिकमा नयाँनयाँ फेसनका पोशाक किन्नेहरुको पनि निकै भीड थियो । 

त्यसै क्रममा नेपाली चलचित्रका पुराना नायक सुधांशु जोशीले पनि बुटिकमा निकै समय बिताए । जोशी आफ्नी पत्नी सहित आएका थिए । लामो समयदेखि अमेरिका बस्दै आएका जोशी केही समय अघि टेक्ससको फोर्टवर्थ सिटी सरेर बस्दै आएका छन् । 

सञ्चालिका अवानी सिंह ठकुरीले फेसन डिजाइनिङ्गको आफ्नो आठ वर्षको अनुभवले स्थानीयले रुचाउने फेसनलाई उपलव्ध गराउने बताइन् । ‘मेरो पेशानै फेसन डिजाइनिङ भएको र यसैमा लामो समय बिताएका कारण मैले पसलमात्र चलाउँदिन । भविष्यमा यही कपडा ल्याएर ग्राहकको माग अनुसार तयार गर्ने योजना बनाएकी छु’ उनले भनिन् । उनले युरोपको अष्ट्रियाबाट फेसन डिजाइनिङको अध्ययन पुरा गरेकी छिन् । 

उनले आफुसँग नेपालमा दुईवटा बुटिक रहेको र डिजाइनिङ समेत गर्ने कारणले यहाँ पनि स्टकमा कपडाहरु राखेको जानकारी दिइन् । 

पछिल्लो समयमा टेक्ससको डिएफडब्लु मेट्रोप्लेक्स अन्तरगत पर्ने ड्यालस, कोलिन, ट्यारेन्ट काउन्टी अन्तरगत गर्ने सिटीहरुमा नेपालीहरुको संख्या अत्यधिक बढेको छ । जसका कारण बुटिक पसलहरु खुल्ने क्रम पनि तीब्र छ । अहिले पनि केही नेपालीहरुले आफ्नो घरको गराजमा समेत कपडा राखेर व्यबसाय सञ्चालन गर्दै आएका छन् । 

आवरण बुटिकले ठूलो रकम लगानी गरेर युलेसको मुख्य स्थानमा व्यबसाय सुरु गरेको हो ।