
यस अघि गत जुन महिनामा भएको निर्वाचनको प्लेस–६ मा नेपाली समुदायकै टीका पौडेल निर्वाचित भएका थिए । युलेस सिटीका ६ जना काउन्सिल मेम्बरमध्य हरेक वर्ष २ जनाको लागि चुनाव हुने गरेको छ ।

‘सिटीले आफ्नो क्षेत्रभित्र रहेर गर्ने कार्यहरु निकै सिमित हुन्छन् । म त्यही सीमाभित्र रहेर सडक, पूर्वाधार, पार्क, खोल मैदानको विस्तार तथा सुधारमा आफुलाई केन्द्रित गराउनेछु’ आफ्नो एजेण्डा प्रस्तुत गर्दै ज्ञवालीले भने । आफूले आप्रवासी समुदाय र स्थानीय समुदायको भावना, आवश्यकतालाई लिएर सिटीमा कार्यक्रमहरु अघि सार्ने पनि उनले बताए ।
.jpg)
सोही अवसरमा महाबाणिज्यदूत प्रेमराजा महतले नेपाली आप्रवासी समुदायले अमेरिकामा बसेर नेपालीको दलीय राजनीतिमा समय खर्चिनुका साटो अमेरिकी राजनीतिमा सहभागी भएमा मातृभूमिका लागि सहयोग मिल्ने धारणा राखे । ‘नेपालको दलीय राजनीति गर्नुभन्दा यहीँको राजनीति गरौं, यसले नेपाललाई बरु धेरै फाइदा पुग्छ । नेपाल चिनाउन, सहयोग लैजान मद्धत मिल्छ’ महतले भने ।

आउँदो मे ७ तारिकका सिटी काउन्सिलको चुनाव हुँदैछ । मतदानका लागि अप्रिल २५ देखि मे ३ तारिकसम्म अग्रीम मतदान गर्न पाउने व्यबस्था पनि रहेको छ । अमेरिकी चुनावमा मत हाल्न कानुनले योग्य ठहरिएकाहरुलाई मतदाता सूचिमा समावेश हुनका लागि समेत आव्हान गरिएको छ ।


हिमालयखवर संवाददाता -
- रेष्टुरेन्टहरुमा ग्राहक बढाउन सेलिब्रेटी ल्याउने क्रम तीब्र
- ड्यालसमा बुद्ध जयन्ति कार्यक्रम भब्य रूपमा सम्पन्न
- अमेरिकामा घर किन्न खोज्ने घटे, अव मूल्य घट्ने संभावना
- काठमाडौँमा बालेन जित तर्फ उन्मुख, गगन क्रेजलाई चुनौती
- विदेशमा वस्ने नेपालीले नेपालमा डलर खाता खोल्न चासोनै देखाएनन्
- नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा टेक्ससमा रक्तदान सम्पन्न ( भिडियो सहित)
- एएनएको ड्यालस सम्मेलन भव्य बनाउने तयारी
- डा. भगवान कोइराला ह्युस्टन आउने
- बालेन शाहले जित्ने प्रारम्भिक अनुमान
- नेजाको लसएन्जल्समा सामुदायिक अन्तरक्रिया सम्पन्न
प्रतिक्रिया