मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोमा आगलागी पिडीतको सहयोगार्थ नेपाली समुदाय मार्फत गोफन्टमी खाेल्दै सबैलाइ सहयोग गर्न अनुरोध

कोलोराडोमा आगलागी पिडीतको सहयोगार्थ नेपाली समुदाय मार्फत गोफन्टमी खाेल्दै सबैलाइ सहयोग गर्न अनुरोध

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोको सुपेरियर, लुइसभिल, ब्रुमफिल्ड, र बोल्डर शहरहरुमा गत डिसेम्बर ३०, २०२१ तारिखका दिन लागेको आगो  बाट  झण्डै १ हजार ८४  घर र धेरै व्यवसायहरु नष्ट हुनुको साथै ठूलो मात्रामा धनमालको क्षति भएको छ ।
 
त्यसबाट प्रभावित भएका परिवारहरुलाई कोलोराडोमा रहेका नेपाली समुदायबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न जनवरी ८, १० र ११ तारिखमा बसेको नेपाली संस्थाहरुको बैठकले यस विपतको घडीमा गोफन्डमीको मार्फतबाट आर्थिक सहायता रकम संकलन गरी आगलागीबाट पीडित भएका परिवारहरुलाई प्राप्त हुने गरी त्यो रकम प्रदान गर्ने निर्णय गरेका छन् ।
 
यस जानकारी सबै माझ राख्दै कोलोराडो र कोलोराडो भन्दा बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई यस मानवीय कार्यमा सक्दो सहयोग प्रदान गर्नुहुन विनम्रताका साथ अनुरोध गरेका छन् । यसरी संकलन भएको सहयोग रकम  कसरी र कसलाई हस्तान्तरण गरियो भन्ने सम्पूर्ण विवरणहरु पारदर्शी रुपमा सबै समक्ष प्रस्तुत गर्ने बाचा गर्दै संस्थाहरूले संयुक्त प्रेस बिज्ञप्ती प्रकाशन गरेका छन् ।
 
यसरी संयुक्त बिज्ञप्ती प्रकाशन गर्नेहरूमा नेपाली घरका कार्यबाहक अध्यक्ष जगदीशचन्द्र ढकाल, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला, कोलोराडो नेवाः खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, बिडीए कोलोराडोका संयोजक श्रीराम लुइटेल, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडोका अध्यक्ष सोम बराल रहेका छन् । 
 
त्यस्तै अन्य संस्थाहरूमा लङमन्ट हिमालयन लायन्स क्लबका अध्यक्ष संजय प्रधान, मगर संघ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगर, एनआरएनए एनसीसी युएस बोर्ड अफ डिरेक्टर राज ढुङ्गाना,नेपाली जनसंपर्क समिति कोलोराडो च्याप्टरका अध्यक्ष गणेश राज भण्डारी, कोलोराडो सिस्टर्स ग्रुपका संयाेजक धन पौडेल, संखुवासभा समाज अमेरिकाका अध्यक्ष शान्ति श्रेष्ठ, तमु धिं कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्रमान गुरूङ,संचारकर्मी शैलेश पोख्रेल बिआरटीनेपालडटकम र नातिबाबु भट्ट  इनेपलिजडटकम र हिमालयखबरडटकम रहेका छन् । https://gofund.me/5f15be83