राजनीति-समाज

समृद्धि र विकासका लागि फरक सोच आवश्यक : उपसभापति गुरुङ

प्रकाशित |
वालिङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशको समृद्धि र विकासका लागि फरक सोच आवश्यक रहेको बताएका छन् ।  
 
स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित बिपीचोक–पाकरी जोड्ने सडकको सोमबार उद्घाटन गर्दै उपसभापति गुरुङले अहिलेको सोचबाट केहीमाथि उठेर फरक सोचका साथ अगाडि नबढ्दासम्म समृद्धि र विकास सम्भव नभएको उल्लेख गरे । 
 
“योजना बनाउँदा ठूला र दीर्घकालीन महत्त्वका बनाउनु आवश्यक छ”, उनले भने, “त्यसका लागि अहिलेको सोच र दृष्टिकोणमा परिवर्तन आवश्यक छ, चेतनाको विकास आवश्यक छ ।”
 
देशको परिवर्तनका लागि विकासमा राजनीति होइन राजनीतिभन्दा माथि उठेर अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो । कांग्रेसले नेतृत्व गरेको सरकारले ठूला भ्रष्टाचारका मुद्दाको छानबिन गर्नुपर्ने भन्दै उनले दोषी ठहरिएमा जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए । 
 
“भ्रष्टाचारविरुद्ध लडे मात्रै जनताले फेरि कांग्रेसलाई रोज्छन्”, उनले भने, “होइन भने जनताले पार्टीप्रति गरेको विश्वास हराउँदै जानेछ ।”
 
कार्यक्रममा कांग्रेस स्याङ्जाका सभापति राजु थापा, कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, कांग्रेस क्षेत्रीय सभापति एवं वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीलगायतले विकास निर्माण गर्दा राजनीतिभन्दा माथि उठेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । रासस
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया