मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको विकल्पमा समानान्तर संरचना वन्दै

एनआरएनएको विकल्पमा समानान्तर संरचना वन्दै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदेशमा बस्ने नेपालीको हितका लागि काम गर्न खोलिएको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) मा असक्षम नेतृत्वका कारण समातान्तर संरचना तयार वन्दै गएको छ । 
 
एनआरएनए भित्र चरम विवाद भईरहेका वेला एनआरएनए केन्द्रिय नेृतत्व (आईसीसी)लाई विवाद समाधान गर्न दवाव दिदैं आएका अमेरिका, वेलायत, अष्ट्रेलिया लगायत अधिकांश एनसीसीले आफ्नो सकृयता वढाएका छन् । 
 
एनसीसी दुईवटा विश्व भेला पछि विदेशमा बस्ने नेपालीको चासो आर्थिक मुद्दामा सरकारका वरिष्ठ अधिकारीलाई ल्याएर बहस कार्यक्रम गर्न लागेका छन् । 
 
विदेशमा बस्ने नेपालीलाई विदेशी मुद्रामा नेपालमा बैंक खाता संचालन गर्न दिने निर्णय भएको सन्दर्भमा यस्तो कार्यक्रम राखिएको हो । एनसीसी बेलायतको संयोजनमा हुन लागेको कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारी अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर, अर्थसचिवलाई बक्ताका रुपमा राखिएको छ । 
 
उक्त कार्यक्रमलाई एनसीसी अमेरिका, अष्ट्रेलिया लगायतले पनि सहयोग गरेका छन् । 
 
आईसीसीलाई किनारामा पार्दै अहिलेको चासोको विषयमा यो बहस हुन लागेको हो । एनसीसीको यो पहलले एनआरएनए भित्र नयां समानान्तर संरचना तयार हुदैं गएको देखिन्छ । 
 
आईसीसीले एनसीसी भेलालाई विरोध गर्दै आएको थियो । भर्चुयल माध्यमवाट हामी छलफल गर्छौ भन्दा पनि आईसीसी वर्तमान नेतृत्व यस्तो छलफल गर्न पाउंदैनौं गरौं भने कारवाही गर्छौ भन्ने चेतावनी दिएको थियो । तर, भेला सम्पन्न भयो कारवाही भने भएको सार्वजनिक भएको छैन । 
 
यो अवस्थमा एनसीसीको सकृयतामा आर्थिक मुद्दामा बहस हुन थालेको हो । 
 
 
आईसीसी केन्द्रिय नेतृत्व विवाद सम्वोधन गर्न, चुनाव गराउन असक्षम भईरहेका बेला एनसीसी अगाडी वढेका हुन् । आईसीसीले तिनपटक चुनावको तालिका घोषणा गरेपनि हुन सकेन । 
 
आईसीसीका मुख्य पदाधिकारी भएको देशवाट सृजना भएका डेलिगेट सम्वन्धि विवादले एनआरएनए चरम विवादमा परेको हो । सवैभन्दा ठुलो एनसीसी अमेरिकावाट आईसीसीमा दुई जना उपाध्यक्ष लगायत कयौं आईसीसी सदश्य छन् । 
 
अध्यक्षमा उम्मेदवारी दिने भनेर घोषणा गर्ने रविना थापापनि अमेरिकावाट प्रतिनिधत्व गर्छिन । बेलायतमा पनि आईसीसीका महत्वपुर्ण पदाधिकारी छन् । तर, यि आईसीसी पदाधिकारीले आफ्नै एनसीसीको विवाद सल्टाउन सकेका छैनन । उनीहरुको सवन्धित देशमै कुनै प्रभाव नरहेको हुदां समस्या सल्टिन नसकेको वताईन्छ । केही आईसीसी पदाधिकारीकै कारण विवाद जटिल वन्दै गएको हो । ति पदाधिकारीले समर्थन गरेका उम्मेदवारले कयौं देशमा चुनाव पराजित भएका छन् । अध्यक्षकी उम्मेदवार रविना थापा अधिल्लो कार्यकालमा अमेरिका एनसीसीमा पराजित भएकी थिईन । 
 
 
सस्थापक अध्यक्ष उपेन्द्र महतोले तिन जना अध्यक्षका उम्मेदवारलाई राखेर विवाद समाधान गर्न प्रयास गरेको कुरा वाहिर आएको थियो । यो विवाद अध्यक्षका तिन जना प्रत्यासीवाट समाधान खोज्नुनै गलत हो । अहिलेको अवस्थामा विवाद एनसीसीहरु मार्फत मात्र समाधन हुन सक्ने अवस्था छ । 
 
सिमित व्यक्ति सल्लाह गरेर अहिले विवाद समाधान हुने स्थिति छैन । 
 
 
आईसीसी र एनसीसी विच एनआरएनए स्थापना देखिनै केही समस्या थिए । आईसीसी पहिले वन्यो त्यसपछि एनसीसी वने । यही कारण आईसीसीले एनसीसीको भुमिकालाई महत्व दिने गरेको छैन । एनआरएनएको विधानले डेलिगेट छनौटमा एनसीसीलाई कम भुमिका दिन खोज्दा अहिले विवाद आएको हो । एनसीसी मजबुत हुदैं गएकाले अव नयां संरचनामा एनआरएनएलाई चलाउनु पर्ने अवस्था आएको छ । आईसीसीले यो यर्थाथलाई अव स्विकार्न सक्नु पर्छ । 
 
यो समातान्तर संचरना वढ्दै गए अहिलेको आईसीसी नेतृत्व बेकम्मा हुने छ । एनसीसीहरुले एनआरएनए महासंघ जस्तो संरचना वनाउन पनि सक्छन् । यस तर्फ पनि सोच भईरहेको संकेत आएका छन् । 
 
एनआरएनएको सरकारसंग पनि विवाद, मुद्दा मामिला भईरहेकाले समानान्तर संचरना बलियो हुने अवस्था पनि छ । 
 
एनसीसीले महत्वपुर्ण बहस चलाउने तयारी गरिहरेको बेला आईसीसीमा नेतृत्वका केही आकांक्षीले भने मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थिए । यो हास्यास्पद थियो । 
 
नयां बर्ष मनाउने भन्दै नेपालका कालाकारलाई राखेर भर्चुयल माध्यममा यस्तो कार्यक्रम आयोजना गरिएको छ । यसमा अधिकांश विदेशमा वस्ने नेपालीको चासो नै थिएन ।