मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा एकैदिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

अमेरिकामा एकैदिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण


वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकैदिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।
 
अमेरिकामा विगत २४ घन्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो ।
 
नयाँ कोभिड-१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजार पुगेको छ । 
 
यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ जसले गर्दा श्रमिकको अभाव, हजारौँ उडान रद्द र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन् । एजेन्सी