मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा कोभिड १९ संक्रमितको संख्या रेकर्ड नम्बरमा

अमेरिकामा कोभिड १९ संक्रमितको संख्या रेकर्ड नम्बरमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – टेक्सस डलासमा नेपाली परिवारले क्रिसमस जमघट आयोजना गरेको थियो । त्यस जमघटमा सहभागी कुनैलाई कोभिड १९ थियो त्यो अरुलाई पनि सर्यो । 
 
अमेरिकामा दुई साता यता कोभिड १९ संक्रमणको क्रम उच्च दरले वढेको छ । ५० मध्ये ४९ राज्यमा कोभिड १९ को संक्रमण तिव्र दरले उच्च रहेको सम्वद्ध निकायले जनाएको छ । 
 
केही दिन यता संक्रमण हुने नेपालीको संख्यापनि उल्लेख्य वढेको छ । तिनै चरणको खोप लगाएलाई समेत कोभिड संक्रमणमा परेका छन् । तर, अस्पतालनै जानु पर्ने नेपालीको संख्याभने कम छ । 
 
फ्लोरिडामा १५ दिन यताको औषत संक्रमण बृद्धिदर झण्डै १००० प्रतिशत छ । 
 
एक साता यताको तथ्यांक अनुसार औषतमा सातामा संक्रमण दर दैनिक झण्डै ४ लाख पुगेको छ । यो तथ्यांक पनि जसले जचाउंन गए त्यसका आधारमा राखिएको हो । विज्ञहरु कोभिडको संक्रमण दर अझ उच्च भएको वताउंछन् । 
 
डेल्टा पछि आएको नयां भेरियन्ट ओमिक्रोन भाइरसले गर्दा कोभिड संक्रमण दर बृद्धि भएको वताईको छ । ओमिक्रोन भाइरस एकवाट अर्कोमा निकै छिटो सर्ने भएकाले पनि संक्रमित वढेका हुन् । 
 
क्रिसमस, नयां बर्ष लगायतका कारणले मानिसहरुको जमघट, यात्रा बढेका कारण कोभिडपनि फैलिएको हो । पहिले ओमिक्रोन छिटो फैलिने भएपनि यसका लक्षण मध्यम खालको पर्ने वताईएको थियो । तर, यो पुष्टि भएको छैन । यसको प्रभाव कस्तो पर्छ अझै अध्ययनकै क्रममा भएको वताईएको छ । 
 
यो नयां भेरियन्ट ओमिक्रोनवाट बालबच्चा अझ जोखिममा रहेको वताईएको छ । बालबालिकामा संक्रमण हुने दर उच्च रहेको र यसले जटिलता पनि ल्याउन सक्ने वताईको छ । 
 
अमेरिकामा कोभिड १९ का कारण अस्पताल जानु पर्ने विरामीको संख्यापनि बढेको छ । औषतमा दैनिक ८८ हजार अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । कोभिडका दैनिक औषतमा करिव १४ सयको मृत्यु भएको छ । 
 
कोभिड संक्रमण बढेका कारण हवाई उडानमा व्यापक असर देखिएको छ । अमेरिकामा कोभिड संक्रमण र मौसमका कारण आइतवार मात्र करिव २५ सय उडान रद्द भएका छन् । कयौं समयमा उड्न नसकेको संचारमाध्यमहरुले जनाएका छ ।
 
संक्रमणका कारण हवाई उडानमा संकलन कर्मचारीको अभावले कयौं उडान रद्द गर्नु परेको हो । आइतवार अमेरिकामा हवाई यात्रुको चाप वढ्ने दिन हो । क्रिसमस र नयां बर्ष सकिएकाले आइतवार गतव्यमा जान हवाई यात्रुको चाप वढेको हो । 
 
अमेरिकामा मात्र होइन विश्वभर हवाई उडान प्रभावित भएको जनाईएको छ । आइतवार मात्र विश्वभर करिव ४ हजार हवाई उडान रद्द भएका छन् । 
 
बालबच्चा भएका अभिभावकको सवैभन्दा चासो स्कुल पठाउने कि नपठाउने भन्ने छ । हिउदे विदा पछि यस सातावाट स्कुल खुल्दै छन् । केही स्कुलहरुले भने अनलाइनवाट पढाउने सार्वजनकि गरिसकेका छन् । 
 
कयौं स्कुलले अभिभावकलाई जस्तो सुकै परिस्थितिमा पनि तयार रहन सुचना पठाएका छन् । स्कुल बन्द वा छिटो छुट्टी हुन सक्ने, बस सेवा प्रभावित हुन सक्ने हुदां तयार रहन अभिभावकलाई सचेत गराईको छ ।