मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

शेयर बजार र क्रिप्टोकरेन्सीमा लगानी

शेयर बजार र क्रिप्टोकरेन्सीमा लगानी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा शेयर बजार र क्रिप्टोकरेन्सीमा पैसा लगानी गर्ने नेपालीले कमाएका मात्र छैनन गुमाएका गुनासाहरु पनि आउन थालेका छन् । 
 
दुई बर्ष यता अमेरिकाको शेयर बजार र क्रिप्टोकरेन्सीमा नेपाली समुदायको आकषर्ण ह्वात्तै वढेको थियो । केही महिना अघि सम्म कमाएका कुराहरु सुनिने गरिएको थियो तर, अहिले गुमाएका गुनासाहरु पनि आउन थालेका छन् । 
 
बढी लोभी भई एकैपटक वढी जोखिम लिदां शेयरबजारमा केही हजार देखि लाखौं सम्म गुमेको छ । 
 
शेयर बजारमा लगानी गर्दा इमोसन क्रन्ट्रोल गर्न सक्नुपर्छ । यो गर्न नसक्नेहरुले अहिले गुमाएका छन् । विशेषगरी वढी जोखिम भएको अप्सन खेल्दा नोक्सानीमा परेका छन् । 
 
क्रिप्टेकरेन्सीमा पनि नाफा हुन्छ भन्दै लगानी बढाउंदै लैंजादा नोक्सानमा परेका छन् । डगक्वाइन ७० सेन्टभन्दा माथिगएको थियो । कतिले बढेको बेला अझ बढ्छ भन्दै किनेका थिए । जव ३० सेन्टमा झर्यो धेरै घट्यो अव किन्दा फाइदा हुन्छ भनेर लगानी थप गर्नेहरु नोक्सानीमा परेका छन् । अहिले डगक्वाइन २० सेन्टको हाराहारीमा कारोवार भईरहेको छ । 
 
विट्क्वाइन, इथेरिमको मूल्य पनि उच्चवाट घटेको छ । पछिल्लो समयमा नेपालीले लगानी गरेको सिवाइनमा घटेको छ । सिवाइनमा केही पहिले लगानी गर्नेले कमाएका थिए । तर, पछि किन्नेहरु अहिले नोक्सानमा छन् । 
 
यो बर्ष बजार कस्तो हुन्छ भन्ने अन्यौल छ । कोभिड संक्रमणको उच्च बृद्धि, कयौं हवाई उडान रद्द भएका छन् । क्रुज कम्पनी फेरी समस्यामा पर्ने देखिएको छ । अर्थतन्त्रका सुचकहरु विरोधाभास खालका छन् । उपभोग्य बस्तुको मुल्य अत्याधिक बढेको छ । घरजग्गाको मूल्य अकासिएको छ । कयौं कम्पनीले कामदार पाएका छैनन् । 
 
सरकारले कोभिड संक्रमण बढेपनि पहिले जस्तो सहुलियत दिने र पैसा वाड्ने संभावना अहिलेसम्म देखिएको छैन । उच्च मूल्य बृद्धिका कारण नगदमा राहत प्याकेज दिने अवस्था देखिएको छैन । 
 
यस्तो अवस्थामा के गर्ने त ? अहिलेको विरोधाभास पुर्ण अर्थतन्त्रमा लगानी गर्दा जोखिम कम हुने गरी निर्णय लिदां उपयुक्त हुन्छ । सकेसम्म सुरक्षित र इमोशन नियन्त्रण गरेर लगानी गर्नु नै अहिले बुद्धिमानी हुन्छ । यो पर्खौ र हेरौंको अवस्था हो ।