मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

स्व. उप्रेतीको मंगलबार दाहसंस्कार हुँदै

स्व. उप्रेतीको मंगलबार दाहसंस्कार हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीलाई पितृ शोक परेको छ ।  उनका बुवा देवीप्रसाद उप्रेतीको ७० बर्ष उमेरमा आइतवार टेक्सस ड्यालसमा निधन भएको हो । स्वर्गिय उप्रेतीलाई स्वास्थ्यमा समस्या आएपछि केही दिन अघि उहांलाई अस्पतालमा राखिएको थियो । 
 
स्व. देवीप्रसाद उप्रेतीको जनवरी ४ तारिक मंगलबार दिउँसो २ बजे अन्त्येष्टी कार्यक्रम ह्युगस फ्यामिली ट्रिबुट सेन्टर ड्यालसमा  गरिने भएको छ । अन्तिम श्रद्धाञ्जली सहितको अन्त्येष्टी कार्यक्रममा सहभागिताका लागि इच्छुक व्यक्तिहरुलाई आग्रह गरिएको छ । 
 
नेपालको झापा घर भएका स्व. उप्रेती आफ्ना दुई छोरा विकास र विज्वेका साथ विगत ११ वर्षदेखि अमेरिको ड्यालस काउन्टीमा पर्ने कोपेलमा बसोबास गर्दै आउनुभएको थियो । उहाँका पत्नी र दुई छोराहरु छन् । 

अन्त्येष्टी समारोह हुने स्थानः
9700 Webb Chapel Rd,    Dallas,  TX 75220
Hughes Family Tribute Center