मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडो बोल्डर, सुपरियर र लुईभिलमा भिषण आगलागी, करिव ३५ हजारलाई सुरक्षित स्थानमा लगियो, नेपालीका घर पनि जले

कोलोराडो बोल्डर, सुपरियर र लुईभिलमा भिषण आगलागी, करिव ३५ हजारलाई सुरक्षित स्थानमा लगियो, नेपालीका घर पनि जले

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो अमेरिका – कोलोराडोको बोल्डर शहर र त्यस वरपर विहिवार तिव्र गतीले हावा चलिरहेको थियो । जाडो भएपनि विगतमा जस्तो हिउं नपरेकाले सुख्खा थियो । त्यही वेला बिजुलीको पोलवाट सल्केको आगोले बोल्डर, सुपरियर र लुईजभिलमा सयौं घर, व्यवसाय आगोको चपेटामा परे ।
 
दुईवटा नेपाली घरपनि आगलागीवाट जलेको जानकारी प्राप्त भएको छ । 
 
हावाका कारण तिव्र गतिमा बढेको आगोको लपेटाका कारण ३५ हजार भन्दा वढी घर छाडी सुरक्षित स्थानमा जान वाध्य भएका छन । स्थानिय अस्पतालमा रहेका विरामीलाई समेत अन्तै सार्नु परेको थियो । अहिले त्यहां उद्धार कार्य भईरहेको छ । 
 
हावाका कारण तिव्र गतिमा वढेको आगोको लपेटाले एक घण्टामै बोल्डरको १६ सय एकर जमिन जलेको थियो । करिव ६ हजार एकर भन्दा बढी जमिन जलेको अग्नि नियन्त्रकले जनाएका छन् । 
 
आगोका कारण सुरिक्षत स्थानमा जान वाध्य भएकाहरु स्थानिय निकायले तोकको सेल्टर र आफन्तका बस्न वाध्य भएका छन् । 
 
यो आगलागीवाट मानविय क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । तर, केही व्यक्ति भने घाइते भएकाले उनीहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको जनाईएको छ । 
 
विहिवार राती चिसोका कारण आगो फैलिने क्रममा केही मथ्थर भएको थियो । तर, पनि अहिलेसम्म स्थिति सामान्य भएको छैन । शुक्रवार मध्यान्न देखि बोल्डर, डेनभर लगायतका स्थानमा हिउं पर्ने अनुमान छ । शुक्रवार सांझसम्म आगो नियन्त्रण भईसक्ने अनुमान छ ।
 
यो आगलागी कोलाराडोको मुख्य शहर डेनभर भन्दा करिव २० माइल टाढा पर्छ । आउटडोर कृयाकलापका लागि चर्चित त्यस क्षेत्रमा आगो फैलिनुमा तिव्र गतिको हावालाई मुख्य कारण मानिएको छ । बिजुलीको पोलवाट शुरुभएको आगो हावाको तिव्र बेगले फैलिएको वताईएको छ । 
 
आगलागी प्रभावित क्षेत्रमा नेपाली समुदायको पनि उल्लेख्य वस्ती छ । ब्रुमफिल्डमा केही नेपालीको घरपनि आगोको चपेटामा परेको जानकारीमा आएको छ । स्थानिय धर्म श्रेष्ठ र त्यस नजिक रहेको अर्का नेपाली परिवारको घर जलेको खवर आएको छ स्थानियले भने । स्थानिय प्रशासनले आगलागी प्रभावित क्षेत्रमा कसैलाई पनि फर्किन दिएको छैन । घर यथावत रहेका पनि अर्को आदेश नआउंदा सम्म सुरक्षित स्थानमै वस्न स्थानिय प्रशासनले निर्देश जारी गरेको छ । त्यसले कतिपयको घरसम्पत्तिको अवस्था अज्ञात छ । 
 
स्थानिय सामाजिक संस्था नेपाली घरले सहयोग आवश्यम परेमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तस्बिर: सामाजिक संजाल

तस्बिर: सामाजिक संजाल