मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकीमा ८० प्रतिशत आइसियू बेडहरू भरिभराउ

अमेरिकीमा ८० प्रतिशत आइसियू बेडहरू भरिभराउ


वासिङ्टन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।  
 
सघन उपचार एकाई (आइसियू) मा ७८५ बेडहरू भरिभराउ छन् ।  जर्ज वासिङ्टन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले उक्त जानकारी दिएको बिहीबार सिएनएनले जनाएको छ । 
 
यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।
 
अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्कअनुसार बिहीबारसम्म ७८५ आइसियू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड-१९का बिरामीहरू छन् ।
 
अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ । एजेन्सी