मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समाजको अध्यक्षमा वाग्ले निर्वाचित (भिडियो सहित)

नेपाली समाजको अध्यक्षमा वाग्ले निर्वाचित (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस (एनएसटी) को आइतबार भएको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी भएका छन् ।
सोमबार बिहान सबेरै प्रकाशित परिणाम अनुसार वाग्ले ११२० मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी पूर्ब उपाध्यक्ष कमल सापकोटाले ८६२ मत पाए । निकै कडा प्रतिस्पर्धाबीच भएको चुनावको परिणाम सार्वजनिकको सुरुवाती चरणदेखिनै वाग्लेले अग्रता लिइरहेका थिए । 
आउँदो कार्यकाल २०२२/२३ का लागि अध्यक्षमा वाग्ले निर्वाचित भएका हुन् । टेक्ससको सरमन सिटी निवासी वाग्ले व्यबसायीक पृष्ठभूमिका हुन् । नेपालमा छँदा क्याम्पसमा अध्यापन गराउने वाग्लेले कोरोनाको समयमा नेपाली समाजको वरिष्ठ उपाध्यक्षको हैसियतमा गरेका कामहरु निकै परिणाममुखी देखिएका थिए ।
 
त्यस्तै वरिष्ठ उपाध्यक्षमा बिबेक कंडेल  निर्वाचित भएका छन् । महासचिवमा संदेश उप्रेती निर्वाचित भएका छन् । 
कुल तीनहजार ९ सय ९१ मध्य ५१ प्रतिशत अर्थात दुईहजार ३४  मत खसेको थियो ।