मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समाज टेक्सस (एनएसटी)को चुनावी प्रचार-प्रसारको समय समाप्त

नेपाली समाज टेक्सस (एनएसटी)को चुनावी प्रचार-प्रसारको समय समाप्त

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस(अमेरिका)-  नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ कार्यसमिति २०२२/२०२३ चयनका लागि २६ डिसेम्बर २०२१ मा निर्वाचन हुँदैछ ।

निर्वाचन समितिका अनुसार २३ डिसेम्बर २०२१ को मध्यरात अर्थात् पूर्वीय समय २३:५९ पछि मौन अवधि सुरु हुनेछ । सो समयपछि उम्मेदवारले कुनै पनि माध्यमबाट चुनावी प्रचार-प्रसार गर्न पाउने छैनन् । 

 
यदि कुनै उम्मेदवारले विधान वा चुनावी आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा उम्मेदवारी निलम्बन गर्ने एवं मतदानस्थलबाट उम्मेदवारलाई हटाउने अधिकार निर्वाचन समितिमा सुरक्षित रहेको प्रमुख निर्वाचन आयुक्त डा‍. प्रेम अधिकारीले हिमालय खबरसँगको कुराकानीमा जानकारी दिए । निर्वाचन आयुक्तहरूमा बासु भण्डारी, भीम कार्की, डा. नन्दा रेग्मी, सुमन थापा, महेश नेपाल र सृजना शर्मा रहेका छन् । 
 
एनएसटीको जम्मा सदस्य संख्या ३ हजार ९ सय ९१ रहेको छ । उक्त सदस्य संख्यालाई मध्यनजर गरेर सदस्यता प्रमाणीकरणका लागि १० ओटा स्टेसन बनाइने प्रमुख आयुक्त डा. अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार, मतदानका लागि मतदाता स्वयम् आफ्नो फोटोसहितको परिचय-पत्र लिएर उपस्थित हुनुपर्नेछ । यदि, शारीरिक असक्तताका कारण मतदाताले मतदानका लागि सहयोग मागेको खण्डमा भने उसले चाहेको व्यक्तिलाई सहयोगीका रुपमा सँगै पठाउन सकिने डा. अधिकारीले जानकारी दिए । यसैगरी, मतदान केन्द्रमा पाँचओटा मतपेटिका रहनेछन् ।
 
सो निर्वाचनमा एनएसटीका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले र पूर्ववरिष्ठ उपाध्यक्ष कमल सापकोटा अध्यक्षका उम्मेदवार रहेका छन् । उनीहरूले आ-आफ्नो टिमका साथ चुनावमा भाग लिने भएका छन् । सो निर्वाचनका लागि अर्विङस्थित करीलिफ रेस्टुरेन्टमा बिहान ८:३० देखि बेलुका ७:०० बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।