मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली मूलका एक युवक गोली हानेको आरोपमा पक्राउ

नेपाली मूलका एक युवक गोली हानेको आरोपमा पक्राउ


कोलम्बस (ओहायो) । ओहायोस्थित कोलम्बसको उत्तरी क्षेत्रमा नेपाली मूलका एक युवाले अर्का नेपालीलाई गोली हानेको आरोपमा स्थानीय प्रहरीले हिरासतमा लिएको छ । 
 
कोलम्बसको उत्तरी क्षेत्रमा पर्ने कारासन रोड ४००० ब्लकमा सोमबार करिब साढे चार बजेतिर उक्त घटना भएको थियो । 
 
स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै दिएको समाचारअनुसार उक्त घटनामा गोली चलाएको आरोपमा २५ वर्षीय सोम प्रसाईंलाई हिरासतमा लिइएको हो । 
 
प्रहरीले सार्वजनिक गरेको घटना विवरणअनुसार उक्त गोली प्रहारबाट करिब ३२ वर्षका युवक घाइते भएको र उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । 
घाइतेको अवस्था स्थिर भए पनि बाँच्ने अवस्था भने रहेको जनाइएको छ । आपसी विवादका कारण सो घटना भएको जनाइएको छ । 
 
घाइते र आरोपी अमेरिकामा पुर्नवास गराइएका नेपालमा बस्दै आएका भुटानी शरणार्थी भएको स्थानीयले जनाएका छन् । के कारणले विवाद भयो र आरोपितले गोली चलाए भन्नेबारे थप रहस्य खुल्न सकेको छैन । 
 
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यस घटनासम्बन्धमा केही सूचना भए स्थानीय प्रहरीलाई उपलब्ध गराइदिनपनि अनुरोध गरिएको छ ।