मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मा राजकुमार विष्ट निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मा राजकुमार विष्ट निर्वाचित


न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् । डिसेम्बर १९, २०२१ मा न्यूयोर्कको जयाक्सन हाइटमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा विष्टले प्रत्याशी लोक चेम्जोङलाई ५ मत अन्तरले पराजीत गरेका हुन् । 

 
खसेको कुल ७६ मतमध्ये र विष्टले ४० मत प्राप्त गरेका थिए भने निवर्तमान चेम्जोङले ३५ मत पाएका थिए । एक मत बदर भएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा शेर्पा संघका मिङमार शेर्पा, महिला उपाध्यक्षमा छोन्जोम छोन्जोम लामा, क्षेत्रीय उपाध्यक्षमा माया लामा, महाचिवमा टोमा लामा, सचिवमा सुभास राई, र चम्पा कुमारी तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सभामुखमा सुवर्ण शाक्य र उपसभामुखमा गोमा योञ्जन निर्वाचित भएका छन् । 
 
त्यस्तै सदस्यमा मुक्तिनारायण राई, तुलबहादुर तामाङ, रुकु राना र प्रकाशकुमार सुनुवार निर्विरोध निर्वाचित भएका छन् । 
 
नवनिर्वाचित अध्यक्ष विष्ट सामाजिक सेवाको क्षेत्रमा परिचित नाम हो । मुस्ताङ किदुग, अमेरिकाको पूर्वअध्यक्षसमेत रहेका बिष्टले फिप्नाको कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र संघीय परिषद्को सभामुखको रुपमा तीन कार्यकाल काम गरिसकेका छन् ।  
 
नवनिर्वाचित अध्यक्ष विष्टले आदिवासी जनजातिको हकहित र अधिकारको अभियानमा बुलन्द आवाज उठाउने, (फिप्ना) लाई सबै जात–जाति, धर्म र समुदायमाझ पुर्याउने र संस्थालाई सही मार्गमा डोर्याउने र सदस्य संस्थाहरुलाई एकीकृत गर्दै जाने सांगठनिक विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
 
त्यस्तै, नवनिर्वाचित महासचिव टोमा लामा नेपाल आदिवासी आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को इतिहासमा पहिलो पटक महिला निर्विरोध निर्वाचित भएकी छन् । युनाइटेट मुगुम अर्गानाइजेसन अमेरिकाबाट प्रतिनिधित्व गरेकी टमा लामाले फिप्नाको सचिव पदमा रहेर काम गरी सकेकी छन् । 
 
महाधिवेसनले महासचिवको प्रतिवेदन, अध्यक्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । फिप्नामा १८ वटा जातीय संस्थाहरु आवद्ध छन् ।