मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि ३२ को उम्मेदवारी (भिडियो सहित)

नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि ३२ को उम्मेदवारी (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो कार्यसमितिको नेतृत्वको लागि ३२ जनाको उम्मेदवारी परेको छ ।
 
आइतबार अपरान्ह ५ बजेसम्ममा १६ पदका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अधिकांश पदहरुमा दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्षमा नेपाली समाज टेक्ससका वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब वरिष्ठ उपाध्यक्ष कमल सापकोटाको उम्मेदवारी परेको छ । 
एनएसटीको भावी नेतृत्वका लागि प्यानलै बनाएर दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । सोही कारण अधिकांश पदहरुमा दुईजनाको उम्मेदवारी परेको हो ।
 
निर्वाचन समितिमा परेको दरखास्तको क्रमांकन अनुसार नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा राजीव रानाभाट र विवेक कँडेलको उम्मेदवारी परेको छ ।  त्यस्तै उपाध्यक्षमा जनक भण्डारी र ललितकुमार गुप्ता, महासचिवमा आइसा ओझा, सन्देश उप्रेती र किरण पौड्याल, उपमहासचिवमा हरिप्रसाद खनाल र मुकेश यादवको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा सुदीप ढुंगाना र दिनेश न्यौपाने, सहकोषाध्यक्षमा गोविन्द गौतम र गोपाल गड्तौला, महिला संयोजकमा प्रिती काफ्ले र गुञ्जन भण्डारी तथा युवा तथा विद्यार्थी संयोजकमा विवेक पौडेल र जेनिन पुरीको उम्मेदवारी दर्ता भएको छ । 
कमल सापकोटा प्यानल  समूह

कमल सापकोटा प्यानल समूह
कार्यसमितिका सात सदस्यको लागि १३ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि रामबाबु प्रसाद गुप्ता, महेन्द्र पुन, विजयराज भुसाल, पुण्य पाण्डे, अमित उप्रेती, चन्द्रकान्त उपाध्याय, रविन पाठक, उज्ज्वल आचार्य, सरोज सिग्देल, बलराम पौडेल, सन्दीप लामिछाने, खिमप्रसाद शर्मा र शान्ताकुमारी गिरीको उम्मेदवारी परेको छ । 
 
अध्यक्ष पदमा मनोनयनका लागि दुईहजार डलर शुल्क तोकिएको छ । त्यस्तै वरिष्ठ उपाध्इक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः एकहजार आठसय, एकहजार पाँचसय, एकहजार ५ सय, एकहजार दुईसय डलर शुल्क तोकिएको छ । सदस्यमा भने ५ सय शुल्क तोकिएको छ । 
राजेन्द्र वाग्ले प्यानल  समूह

राजेन्द्र वाग्ले प्यानल समूह
नेपाली समाज टेक्सस अमेरिकामा रहेको नेपालीहरुको संस्थाहरुमध्य पुरानोमा पर्ने संस्था हो । विगतमा वैकुण्ठ थापा, गौरीराज जोशी, डा.प्रेम अधिकारी, कृष्ण लामिछाने, राम सी पोखरेल, सुमन थापा जस्ता व्यक्तित्वहरुले यो संस्थाको नेतृत्व गरिसकेका छन् । एनएसटीमा तीनहजार ९ सय ९१ सदस्यहरु छन् । 
 
एनएसटीको नयाँ कार्यसमितिको लागि आउँदो आइतबार बिहान ११ बजेदेखि चुनाव हुने कार्यतालिका निर्वाचन समितिले प्रकाशित गरेको छ । निर्वाचन सम्पन्न गर्नका लागि पूर्ब अध्यक्ष डा. प्रेम अधिकारीको संयोजकत्वमा बासुदेव भण्डारी, भीम कार्की (सिपिए), डा. नन्द रेग्मी, सुमन थापा, महेश नेपाल र सिर्जना शर्मा पोखरेल रहनुभएको ७ सदस्यिय समिति गठन भएको छ । 
विगतका दुई कार्यकाल निर्विरोध रुपमा नेतृत्व चयन भएको थिए । तर यसपटक भने टेक्ससको नेपाली समुदायमा भिजेका र सामाजीक गतिविधिमा अत्यन्तै सकृय वाग्ले र सापकोटा दुईको उम्मेदवारीले माहौल निकै गर्माएको छ ।