मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्यु दर ३४ प्रतिशतले वृद्धि

अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्यु दर ३४ प्रतिशतले वृद्धि


न्यूयोर्क । अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कुल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्युदर वृद्धि भएको छ ।
 
बुधबारसम्म कुल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड सङ्क्रमित भइसकेका छन् । कुल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ ।
 
यसैगरी सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१.१ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ७२.३ प्रतिशत पुगेको छ ।
 
अमेरिकामा वयस्कहरूले अर्थात् १८ वर्षभन्दा माथिकाले कम्तीमा पनि एक डोज खोप ८४। ६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२।२ प्रतिशतले लगाइसकेका छन् । यसैगरी १२ वर्ष माथिका उमेरकाले ७०.५ प्रतिशत र ५ वर्षभन्दा माथिका उमेरकाले ६५ प्रतिशत पूर्ण खोप लगाइसकेका छन ।
 
त्यस्तै ६५ वर्षभन्दा माथिका उमेरकालाई कम्तीमा एक डोज खोप ९५ प्रतिशत र पूर्ण खोप ८७.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
 
अमेरिकामा हालसम्म २० करोड २८ लाख ४५ हजारलाई पूर्ण खोप दिइसकिएको छ । हालसम्म तेस्रो खोप लिनेको संख्या ५ करोड ६० लाख नाघेको छ । एजेन्सी