मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए निर्वाचन कार्यतालिका स्थगन

एनआरएनए निर्वाचन कार्यतालिका स्थगन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- विवादका कारण विदेशमा रहेका नेपालीको विश्वास गुमाउंदै गएको गैर आवासिय नेपाली संघ (एनआरएनए)ले फेरी निर्वाचन तालिका स्थगन गरेको छ । यो निर्वाचन प्रति अधिकांश उम्मेदवारका आकांक्षीले नै चासो नदेखाएपछि निर्वाचन तालिका स्थगन भएको हो । 
 
वर्तमान कार्यसमितिमा आफुले घोषणा गरेको कार्यतालिका अनुसार चुनाव गराउने सक्ने अवस्थानै थिएन । 
 
एनआरएनए भित्र अहिले नेतृत्व प्रति चरम असन्तुष्ठि छ । संस्था नेतृत्व चरम विवादमा परेको छ । यो समाधान नगरि चुनावको हचुवाका भरमा चुनाव तालिका सार्वजनिक गरिएको थियो । यो पटक पटक स्थगित भएको छ । 
 
अहिलेको विवाद समाधान गर्न भन्दा अध्यक्षले चार जनाको उच्चस्तरीय समिति गठन भएको सार्वजनिक गरेका छन् । यो समितिमा संघका सल्लाहकार विश्व आर्दश पण्डित, डा यादव पण्डित, सचिव गौरी जोशी र डिबी कार्की छन् । विश्वआर्दश र यादव पण्डित दुवै जना नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भएकाले चुनावमा भाग लिन नेपालमा छन् 
 
संघका मुख्य  जग मानिने राष्ट्रिय समन्वय परिषदले दिएका सुझावलाई वेवास्ता गरेर उच्चस्तरीय समिति गठन गरिएको छ । एनसीसीह?ले अदालतमा गएको मुद्दा फिर्ता लिनुपर्ने, परराष्ट्र मन्त्रालयको चासोलाई सम्वोधन गरेर जानु पर्ने लगायतका सुझाव दिएको थियो । अध्यक्षलाई हतास मानसिकतामा उच्चस्तरीय समिति गठन गरेको आरोप संघ भित्रैवाट लगाईएको छ । 
 
चरम विवादमा परेको एनआरएनए अहिले विधटनको संघारमा छ ।