मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

युनाइटेड किरात राई अर्गनाइजेसनद्वारा आयोजित उधौली साकेला र यलम्बर साँझ सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसनद्वारा आयोजित उधौली साकेला र यलम्बर साँझ सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस)- युनाइटेड किरात राई अर्गनाइजेसनद्वारा आयोजित उधौली साकेला र यलम्बर साँझ – ३  शनिबार टेक्ससको  सम्पन्न भयो । संस्थाको कार्यबाहक अध्यक्ष मुना राईको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, अमेरिकाका पूर्वअध्यक्ष सुनील साह प्रमुख अतिथि रहेका थिए । 
 
कार्यक्रममा किरातीहरूको भाषा, संस्कृति एवं संस्कारको संरक्षण र सम्वर्द्धन गर्ने साथै विभिन्न दु:ख-पीडा र विपत्तिमा परेका मानव समुदायलाई सेवा गर्ने सो संस्थाको मुख्य उद्देश्य रहेको कार्यक्रममा जानकारी दिइयो । सो कार्यक्रममा गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, मगर एसोसिएसन अफ अमेरिका, तामाङ सोसाइटी अफ टेक्सस, किरात राई अर्गनाइजेसन अफ अमेरिका, तमु समाज टेक्ससलगायत विभिन्न संस्थाबाट सहभागिता रहेको थियो ।  
 
कार्यक्रमले दमकाजी राईको अध्यक्षतामा सात सदस्यीय टेक्सस च्याप्टर एक्ज्युकेटिभ कमिटी चयन गरेको छ ।  यसैगरी उपाध्यक्षमा गौरव राई, महासचिवमा सन्देश राई, कोषाध्यक्षमा लीसा राई, सदस्यहरूमा सिर्जना राई र जानुका सुनुवार राई रहेका छन् । कार्यक्रममार्फत उधौली – २०२१ को अवसरमा शुभकामना आदान-प्रदान गरिएको थियो ।