मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा अर्को लफडा

एनआरएनएमा अर्को लफडा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- चरम विवादमा फसेको गैर आवासीय नेपाली संघमा अर्को लडफा देखिएको छ । प्रमख निर्वाचन अधिकृत लिलामणी पौडेलले राजिनामा दिएका छन् । अधिवक्ता समेत रहेका पौडेलले राजिनामाको मुख्य कारण एनआरएनए भित्रको विवादमै मुख्य कारण रहेको वताईएको छ । 
 
एनआरएनएको चुनावको मिति दुई पटक सरिसकेको छ । वर्तमान कार्यसमितिले हचुवाका भरमा चुनाव मिति घोषणा गर्दा यस्तो अवस्था आएको हो । 
 
संस्थापन पक्षले यही डिसेम्बरको अन्तिम साता गर्ने भनेको चुनावपनि अन्यौलमा परेको छ । प्रमुख ािनर्वाचन आयुक्त पौडेलको राजिनामा उम्मेदवारी दर्ता शुरु हुनुभन्दा ३ दिन अघि सार्वजनिक भएको हो । 
 
एनआरएनए सचिवालयले भने औपचारिक रुपमा यसको जानकारी शुक्रवारसम्म दिएको छैन  । शनिवार उम्मेदवारको दर्ता गर्ने गरी तालिका तोकिएको थियो । निर्वाचन समितिले एउटा चार लाइनको सूचना निकालेर उम्मेदवारी दर्ता गर्ने समय डिसेम्बर १६ र १७ लाई तोकेको छ ।  तर, यो सुचनामा कसैको हस्ताक्षर भने छैन । 
 
विवादकै वेला हुन लागेको यो चुनावमा संस्थापन इतर पक्षले भाग नलिने सार्वजनकि गरिसकेको छ । पहिले उम्मेदवार हुन चाहनेले अधिकांशले प्रचार प्रसार समेत रोकेका छन् । करिव ३० देशका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीले यो चुनावमा भाग नलिने वताईसकेका छन् ।