मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी बेरोजगारी दर आधा शताब्दी पहिलेको अवस्थामा पुगेको अमेरिकी दाबी

अमेरिकी बेरोजगारी दर आधा शताब्दी पहिलेको अवस्थामा पुगेको अमेरिकी दाबी


वासिङ्टन । संयुक्त राज्य अमेरिकाको बेरोजगारी सहायताका लागि नयाँ दर्ता गत साता ह्वात्तै घट्को अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार यो वर्ष दोस्रो पटक सन् १९६९ देखि नदेखिएको स्तरमा बेरोजगारी दर घटेको पाइएको छ ।
 
गत हप्ता एक लाख ८४ नयाँ मौसमी समायोजन गरिएका दावाहरू आशा गरेभन्दा धेरै कम र अघिल्लो हप्ताको स्तरभन्दा ४३ हजारले कमी हो ।
 
यसले गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा छुट्टीको नजिकबाट नियालिएका तथ्याङ्कहरू सेप्टेम्बर ६, १९६९ को हप्तादेखि नदेखिएका स्तरमा पुगेको देखिएको छ । यो तीन हप्तामा दोस्रो पटक बेरोजगारी दर आधा शताब्दी पहिलेको उक्त वर्षभन्दा कम भएको छ ।
 
पैन्थियन म्याक्रोइकोनोमिक्सका इयान गोरसनले बेरोजगारी दरको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै भन्नुभएको छ, “आगामी हप्ता बेरोजगारी दरमा थप सुधार हुने सम्भावना देखिन्छ किनकि अहिले बेरोजगारी दावा गर्दै निवेदन अह्वान गर्ने प्रवृत्ति द्रूत गतिमा घटिरहेको देखिन्छ । यसले श्रम बजारको अत्यधिक कडापन र सकल घरेलू उत्पादनको वृद्धिमा भएको वृद्धिलाई प्रतिबिम्बित गर्छ ।” 
 
“अरु विकल्प नपाएसम्म कम्पनीहरुले कर्मचारी लाई दिनु निकै जोखिमपूर्ण हुन्छ । किनकि पछि मानिसहरूलाई पुनः काममा लगाउन कठिन र खर्चिलो हुने छ ।”
 
उक्त तथ्याङ्कले सबै सरकारी कार्यक्रमहरूअन्तर्गत बेरोजगारी सहायता प्राप्त गर्ने मानिसहरूको संख्यामा तीन लाख ५० भन्दा बढीको कमी देखाएको छ जुन नोभेम्बर २० सम्ममा १९ लाखको हाराहारीमा थियो । एजेन्सी