मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् । 
 
सलीभेनका अनुसार सम्मेलनमा बाइडनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन गर्ने अमेरिकाको अडानलाई दोहो¥याएका थिए । युक्रेनलाई अतिरिक्त प्रतिरक्षात्मक प्रबन्ध उपलब्ध गराउने योजना अमेरिकाको छ । रूसी राष्ट्रपतिको प्रेस वेबसाइटमा पनि पुटिन र बाइडनबीच बुधबार वार्ता भएको जानकारी गराइएको छ । 
 
उक्त भिडियो वार्तामा दुवै देशका नेताहरूले निरन्तररूपमा सन् २०२१ को जुन महिनामा सम्पन्न भएको जेनेभा भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्दै जाने विषयबारे चर्चा भएको पनि बताइएको छ । एजेन्सी