मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट


स एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् । 
 
उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।
 
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।
 
अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ । एजेन्सी