मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधि   

न्यूर्योक टाइम्सको सूचीमा युलेस टेक्सस बसोबासका निम्ति लायक उत्कृष्ट सिटी

न्यूर्योक टाइम्सको सूचीमा युलेस टेक्सस बसोबासका निम्ति लायक उत्कृष्ट सिटी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको सवैभन्दा प्रतिष्ठित मानिने न्यूर्योक टाइम्स पत्रिकाले टेक्ससको उत्तर क्षेत्रमा पर्ने यूलेस सिटीलाई बस्न लायक उत्कृष्ट स्थान रहेको उल्लेख गरेको छ । 
 
विभिन्न ३० पक्ष (मेट्रिक्स) तय गरेर अमेरिकाका झण्डै १७ बजार शहरलाई विश्लेषण गर्दा बस्नलायक सिटी मध्ये युलेस उत्कृष्टको पहिलो नम्बरमा परेको हो । 
न्यूयोर्क टाइम्सको दृष्टिकोणमा फराद मान्जोको नाममा ‘एभ्रिवान्स मुभिगं टु टेक्सस हेयर इज हवाई ?’ भन्ने शिर्षक लेखमा उक्त सुची प्रकाशित छ । 
 
लेखका अनुसार यदी तपाई बस्नका लागि सस्तो, शुलभ र गतिशिल तथा जलवायु परिवर्तनको प्रभाववाट कम असर परेको स्थान खोज्नु हुन्छ भने टेक्सस उपयुक्त स्थान हो ।
यूलेसलाई ठुला शहर नजिक शान्त बस्न लायक शहर भनिएको छ । यहाँ बस्न सस्तो, रोजगारीका पर्याप्त अवसर रहेको वताईएको छ । यूलेस  सिटी डिएफडब्लु अन्तराष्ट्रिय विमानस्थल लगायत र यस वरपर ठुला कम्पनी रहेकाले रोजगारका अवसर बढीरहेका छन् । 
 

करिव ८० हजार जनसंख्या रहेको यूलेसमा नेपाली समुदायको जनसंख्या पनि उल्लेखनिय छ । हालै यूलेस  सिटीको काउन्सिल मेम्बरमा नेपाली टिका पौडेलले चुनाव जितेका थिए । यहांको जनसंख्यामा पनि व्यापक विविधता छ । 
 

अहिले टेक्ससमा विभिन्न राज्यवाट बसाई सर्नेको लर्को नै लागेको छ । उक्त लेखले दावी गरेअनुसार एक दशक यता क्यालिर्फोनियावाट मात्र ६ लाख ८७ हजारले टेक्ससमा बसाई सरेका छन् । 

टेस्ला लगायत ठुला आईटी कम्पनी समेत टेक्ससमा आएका छन् । यसले टेक्ससमा रियलस्टेटको मूल्य भने बृद्धि भएको छ । तर, अझै अन्य शहरको तुलनामा टेक्सस बस्नका लागि सस्तो मानिन्छ ।