मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

को होला त नेपाली समाज टेक्ससको भावी अध्यक्ष ?

को होला त नेपाली समाज टेक्ससको भावी अध्यक्ष ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससको आउँदो कार्यकालको नेतृत्वका लागि स्थानीय नेपाली समुदायका दुई जनाले चासो देखाएका छन् ।
 
नेपाली समाज टेक्ससको सन् २०२१/२३ का लागि राजेश अर्याल र राजेन्द्र वाग्लेले उम्मेदवारी दिने संकेत गरेका छन् । अर्याल गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरका पूर्ब अध्यक्ष हुन् भने वाग्ले नेपाली समाज टेक्ससका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । 

नेपाली समाज टेक्सस यस क्षेत्रमा रहेका नेपालीहरुको सबैभन्दा ठूलो संस्था हो । नयाँ नेतृत्वका लागि एक महिना पछि अर्थात आउँदो डिसेम्बर २६ मा चुनाव हुने कार्यक्रम रहेको छ ।
 
‘म अहिले वरिष्ठ उपाध्यक्ष भएको हिसाबले मेरो उम्मेदवारी स्वभाविक हो जस्तो लाग्छ’ वाग्लेले हिमालयखबरसँग भने । कोभिड महामारीमा नेपाली समुदायलाइ सहयोग, नयाँ प्रविधिको प्रयोग गर्दै स्कुल सञ्चालन, स्वास्थ शिविर, अमेरिकी मुलधारको राजनीतिमा नेपालीको प्रवेशका लागि वितेको दुई वर्षमा धेरै कामहरु भएकोले त्यसको निरन्तरताका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको वाग्लेले बताए ।
 
टेक्ससको पूर्बी उत्तर तर्फ रहेको शरमनमा बसोबास गर्दै व्यबसायमा संलग्न वाग्लेको नेपालमा भक्तपुरका वासिन्दा हुन् । उनी १३ वर्षदेखि अमेरिकामा रहँदै आएका छन् । उनी टेक्सोमा नेपाली सोसाइटीको संस्थापक अध्यक्ष पनि हुन् । 
 
अध्यक्षमा उम्मेदवारका लागि तयारी गर्दै गरेका राजेश अर्याल २० वर्षभन्दा बढीदेखि टेक्ससमा बस्दै आएका छन् । ‘नेपाली समाज टेक्ससको स्थापनाकालदेखि म कुनै न कुनै रुपमा आवद्ध र सकृय छु । यसपटक मैले अध्यक्षमा उम्मेदवारी दिने सोचाई बनाएको छु’ अर्यालले भने । उनी सन् २००७ मा भएको नेपाली समाजको निर्वाचनमा उपविजेता भएका थिए । त्यतिखेर राम सी पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए । 
 
अर्यालसँग सबैसँग मिलनसार, सहयोगी र नेतृत्व गर्नसक्ने क्षमता भएको व्यक्ति भएको व्यक्ति रहेको हुँदा जनसम्पर्क समिति लगायत स्थानीय समुदायमा प्रभाव जमाएका अग्रजहरुले प्रस्ताव गरेका छन् । ‘मैले दुई वर्ष एनआरएनमा गरेको नेतृत्वलाई मुल्यांकन गरेर धेरै साथीहरुले म आइदिए हुन्थ्यो भन्ने चाहना राख्नुभएको छ । त्यही भएर मैले उहाँहरुको भावनालाई सम्मान गर्दै मैले नेतृत्वमा आउने विचार गरेको हुँ’ अर्यालले भने । 

विभाजित एनएसटीलाई एक गराउँदै सबैको मन जित्न सक्ने संस्था बनाउनका लागि आफू आउन लागेको समेत उनले बताए । 
 
नेपाली समाज टेक्ससमा अहिले तीनसय भन्दा बढी आजीवन सदस्य छन् । त्यस्तै शनिबारसम्म दुईसय भन्दा बढीले साधारण सदस्यता नविकरण गरिसकेका छन् । नयाँ सदस्यता लिने र नविकरणका डिसेम्बर १५ सम्म समयावधी तोकिएको छ । 
 
नेपाली समाज टेक्ससकै पहलमा विगतमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स लगायतका संस्थाहरुको स्थापना भएर कृयाशील छन् । 
 
विगत केही समय अघि अध्यक्षमा चर्चा भएका वर्तमान भानु खरेलले भने अहिले उम्मेदवारी नदिने संकेत गरेका छन् । ‘मैले संस्था कठिन अवस्थामा पुगेको र साथीहरुले बसिदिनुपर्‍यो भनेर अनुरोध गर्नुभएकोले महासचिवको जिम्मेवारी लिएको हुँ । अब म एनआरएनमै बढ्ता केन्द्रित हुन्छु’ खरेलले भने । नेपाली समाजको महासचिवमा आउनु भन्दा अघि खरेल एनआरएन टेक्सस च्याप्टरको अध्यक्ष भैसकेका थिए । खरेलले अध्यक्षमा वाग्लेलाई सहयोग गर्ने संकेत गरेका छन् । 
 
नेपाली समाज टेक्ससको आउँदो नेतृत्वका लागि अहिले बिभिन्न छलफल, आन्तरिक भेलाहरु हुन सुरु भैसकेका छन् ।