मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अफ्रिकी देश केन्यामा १२ नेपाली महिला तस्करी गरेको आरोपमा एक क्यानेडाली व्यवसायीलाई ३० बर्ष जेल सजांय

अफ्रिकी देश केन्यामा १२ नेपाली महिला तस्करी गरेको आरोपमा एक क्यानेडाली व्यवसायीलाई ३० बर्ष जेल सजांय

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- केन्यामा नेपाली महिलालाई बेचविखन र तस्करी गरेको आरोपमा एक जना क्यानेडियन व्यवसायीलाई ३० बर्षको जेल सजांय तोकिएको छ ।
 
केन्याको मोमबासा अदालतले क्यानडाका व्यवसायी असिफ अमिरेली अलिभाई जेथालाई मानव तस्करीको आरोपमा ३० बर्ष जेल संजाय तोकेको स्थानिय संचार माध्यम मवाकिलिसीडटकमले जनाएको छ । 
 
जेथालाई ३ वटा आरोप १२ जना नेपाली महिलालाई वेचविखन, मानव तस्करी गरेको र अर्काको पासपोर्ट लगायतका कागजात नियन्त्रणमा लिने जस्ता गैरकानुनी हस्तक्षेप गरेको आरोप लगाईएको थियो । यी तिनवटा अरोपमा उनलाई ३०, २० र १० बर्ष सजायं तोकिएको उक्त संचार माध्यमले जनाएको छ ।  
 
समाचारका अनुसार जेल सजांय वाहेक जेथालाई गैर कानुनी रुपमा व्यवसाय गरेको आरोपमा ११ लाख केन्याको मुद्रा सिलिगं फाइन पनि गरिएको छ । 
 
ति मानव तस्करीमा परेका १२ जना महिलालाई स्थानिय गुप्तचर प्रशासनको पहलमा जेथाले संचालन गरेको रंगिला ग्रिल एण्ड बार नेयली मोमावासवाट सन् २०१९ मा फर्काइएको थियो । 
 
ती नेपाली महिलालाई डान्सरका रुपमा केन्यामा लगिएको थियो । जस मध्ये २ जनाको उमेर १६ र १७ आठ जनाको २२ देखि २६  र अन्य दुई जनाको ३० बर्ष भन्दा माथि रहेको वताईएको छ । 
 
गैर आवासिय नेपाली संघ आवद्ध हिक्मत थापाले फेसबुकमा यो समाचार शेयर गर्दै विदेशी भूमीमा आशालाग्दो समाचार भनेका छन् । अफ्रिकामा वस्दै आउका थापाको फेसबुकमा अफ्रिकामा डान्सबारमा बेचिने नेपाली चेलीहरुका  मानवतस्कर दलाललाई नेपाल सरकारले अहिलेसम्म न्यायको कठघरामा उभ्याउन नसकेपनि कन्ेयाको अदालतले १२ नेपाली चेलीलाई डान्सबारमा अवैध रुपमा पुर्याउने एक दलाललाई तीस बर्षको जेल सजांय तोकेको छ । 
 
नेपालमा रोजगारका अवसर न्यून भएकाले प्रलोभनमा परी विदेश जांदा नेपालीहरु यस्तै समस्यामा पर्ने गरेका छन् । अहिले रोजगारका नाममा अफ्रिकी देशमा नेपाली महिलालाई मानवतस्करले लैजांदै आएको गुनासो वढीरहेको छ । 
 
केन्या पुर्वी अफ्रिकी देश हो । यसको जनसंख्या करिव ६ करोड छ । वेलायतवाट सन् १९६३ केन्याले स्वतन्त्रता प्राप्त गरेको थियो । मोमबासा केन्याको राजधानी नौरोबी पछिको ठुलो शहर हो । एक सय केन्याको सिलिगं साट्दा जम्मा करिव ९० सेन्ट (एक डलरभन्दा पनि कम करिव नेपाली रुपैंया सरह) हुन्छ ।