मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अफ्रिकामा कोरोनाको नयाँ संस्करण

अफ्रिकामा कोरोनाको नयाँ संस्करण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । कोरोना भाइरसको नयाँ संस्करण देखिएपछि युरोपिएन युनियनको जरूरी बैठकले अफ्रिकाबाट हुने सबै हवाइ उडान रोक लगाउन सिफारिस गरेको छ । 
 
बिबिसीले जनाए अनुसार दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार ‘बी.१.१.५२९’ बढी जोखिमपूर्ण छ । खोप लगाएकालाइ समेत यसले निकै असर गर्ने अध्ययनले देखाएको छ । यही विषयमा छलफलका लागिविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन बैठक बोलाएको छ भने बेलायतले ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान बन्द गरिसकेको छ ।
 
नयाँ संस्करण के हो ?
दक्षिण अफ्रिकामा फेला परेको नयाँ संस्करण ‘बी.१.१.५२९’ बाट २२ जना संक्रमित भएका छन् । नयाँ भेरियन्ट हङकङ र बोत्स्वानामा समेत फेला परेको छ । इजरायलमा मलाबीबाट आएका एक यात्रुमा समेत नयाँ भेरियन्ट पुष्टि भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेसन हुने ‘मात्रा अस्वभाविक’ देखिएको छ ।
 
म्युटेसनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने चिन्ता वैज्ञानिकहरुको छ । केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।
 
नेटवर्क फर जिनोमिक सर्भिलेन्सका टुलियो डी ओलिभियराले म्युटेसनको क्षमता निकै उच्च रहेकाले कारण पुनः संक्रमण देखिएको बताएका छन् ।
 
दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट भेटिएपछि डब्ल्यूएचओले आपतकालीन बैठक बोलाएको छ । शुक्रबार विशेष आपतकालीन बैठक बस्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, बोत्स्वाना, जिम्बाब्बे, लेसोथो र इस्वाटिनी गरी ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ ।
 
युरोपेली आयोगले समेत दक्षिण अफ्रिकी क्षेत्रबाट हुने सबै उडानमाथि रोक लगाउने तयारी गरेको छ ।  युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले ट्विटरमार्फत् आफूहरूले आपतकालीन कदम चाल्नसक्ने बताइन् । ‘आयोगले सदस्य राष्ट्रसँगको समन्वयमा चिन्ताको विषय बनेको बी.१.१.५२९ भेरियन्टका कारण दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई यात्रा रोक्नेसम्बन्धी प्रस्ताव पेश गर्नेछ’, उर्सुलाले भनिन् ।
 
सिंगापुरले ७ अफ्रिकी मुलुकबाट हुने यात्रामा शनिबारदेखि ४ हप्तासम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
 
चीनको शंघाईमा तीन जनामा संक्रमण देखिएपछि सयौं उडान रद्द गर्नुका साथै केही विद्यालय बन्द गरिएको छ । यद्यपि यो कुन भेरियन्ट भन्ने खुलेको छैन ।