प्रवास / विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दाबी

प्रकाशित |
जोहानेसबर्ग । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।
 
“दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,” भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा बताए । बी.१.१.५२९ वंश संख्या मानेको यो भेरिएन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उनले बताए । 
 
दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए ।
 
स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ । दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ । 
 
गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिउन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो ।डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।
 
अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ । एजेन्सी

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया