काठमाडौ- काठमाडौं क्षेत्र नं ३ वाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित भएका छन् । सर्वाधिक मतका पाएर उनले महाधिवेशन प्रतिनिधि जितेका हुन् । ३ सय ६६ मतदाता रहेको उक्त क्षेत्रमा भण्डारीले २६८ मत पाएका थिए ।
विद्यार्थीकाल देखिनै राजनीतिमा लागेका भण्डारी आफ्नो जन्मथान जोरपाटी क्ष्ँेत्रमा कांग्रेस राजनीतिमा सकृय हुदैं आएका थिए । भण्डारी नेपाल र अमेरिकामा व्यापार व्यवसायमा संलग्न छन् ।
भण्डारी यस अघि पनि महासमिति सदश्य निर्वाचित भएका थिए । उनले यस अघि कांग्रस महाधिवेशनमा केन्द्रिय सदश्यमा उम्मेदवारी दिएका थिए । भण्डारीलेआउने कांग्रेस महाधिवेशनमा पनि केन्द्रिय सदश्यका लागि उम्मदेवारी दिने तयारी गरिरहेका छन् ।
अझै केही बर्ष सकृय रुपमा राजनीतिमा लाग्ने उनको योजना छ । भण्डारी गैर आवासिय नेपाली संघका पनि सल्लाहकार छन् ।
प्रतिक्रिया