मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः अध्यक्ष प्रचण्ड

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः अध्यक्ष प्रचण्ड


नगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् ।  
 
बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताएका हुन् ।  
 
अध्यक्ष दाहालले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताए । “न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो”, उनले भने, “न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौँ ।”
 
अध्यक्ष दाहालले सरकार सञ्चालनमा सहयोग पु¥याउन गठित पाँच दलीय समन्वय समिति सरकारलाई निर्देशन गर्न नभइ पार्टीबीचको आपसी समझदारी, सहमति र आउन सक्ने समस्याको समाधान खोज्न बनाइएको स्पष्ट पार्दै अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गरे । उनले भने, ‘‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि मिलेरै जाने कुरा छ, गठबन्धनका बारेमा फैलाइएको भ्रम अन्त्य भएको छ ।’’ 
 
अध्यक्ष दाहालले अमेरिकाले दिने ऋण सहयोग र अनुदान सहयोग नलिने भन्ने नीति नेपालको नरहेको उल्लेख गर्दै आफूले अमेरिकी विदेशमन्त्रीसँगको भेटमा एमसिसी परियोजनाको ओरिजनल सहमतिको विषयमा कुरा गरेको छु, यसको विषयमा उठेको प्रश्नको सही जवाफ चाहिएको छ भने । 
 
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले अहिले नै सरकार यताउता गर्ने भन्ने कुरा नभएको बताए । उनले आज कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ । रासस