मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल र भारतमा क्रिप्टोकरेन्सीबारे सरकारी धारणा आयो, प्रतिबन्ध गरिने

नेपाल र भारतमा क्रिप्टोकरेन्सीबारे सरकारी धारणा आयो, प्रतिबन्ध गरिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिका । विट्क्वाइन, इथेरियम, डोगक्वाइनलगायत क्रिप्टोकरेन्सीप्रति विश्वभर लगानी बढिरहेका बेला नेपाल र भारत सरकारले भने कडाइ जारी राख्ने भएका छन् । 
 
नेपालमा अर्थमन्त्री जनार्दन शर्माले केही समययता क्रिप्टोकरेन्सीका बारेमा चासो र चर्चा भइरहेको पनि अहिले नै नेपाल यसतर्फ लचिलो हुन सक्ने स्थिति नरहेको बताए । मंगलबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालले पहिला डिजिटल कारोवारको प्रचलनमा नै जोड दिनुपर्ने अवस्था रहेको बताए । 
 
राष्ट्र बैंकले नेपालमा र नेपाली नागरिकलाई क्रिप्टोकरेन्सीको लगानीमा प्रतिबन्ध लगाएको छ । तर, अहिले हजारौँ नेपालीले क्रिप्टोकरेन्सीमा पैसा लगाएका छन् । नेपालमा अनलाइनमा जुवा खेल्नेलगायतका कारोबारसमेत हुँदै आएका छन् । पहिले डिजिटल कारोवारमा जाऔँ त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ अर्थमन्त्री शर्माले भने । 
 
नेपालमा अहिले पनि भौतिक नोटको प्रचलन व्यापक छ । क्रेडिट र डेविट कार्डबाट हुने कारोवार अर्थात डिजिटल कारोवार न्युन छ । अर्थमन्त्री शर्माले डिजिटल कारोवार डिजिटल साक्षरता आवश्यक रहेको बताएका छन् । 
 
भारतले भने क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने गरी कानुन ल्याउने तयारी गरेको सञ्चारमाध्यममा आएको छ । यदि सो कानुन स्वीकृत भएमा भारतमा क्रिप्टोकरेन्सीमा लगानी गर्नेको समस्या बढ्ने छ । अहिले भारतबाट क्रिप्टोकरेन्सीमा अरर्बौं लगानी भएको छ । लगानी बढ्दो दरमा छ । 
 
भारतमा केही सातायता क्रिप्टोकरेन्सीका बारेमा उच्च सरकारी तहमा व्यापक बहस भइरहेको छ । यस आधारमा संसद्मा क्रिप्टोकरेन्सीसम्बन्धी विद्येयक तयारी गरिएको हो । यो विधेयकले भारतको केन्द्रीय बैंकले आफैँ डिजिटल करेन्सी बनाउने बाटो पनि खुला गर्ने बताइएको छ । 
 
केही दिनयता क्रिप्टोकरेन्सीको मूल्य तल झरिरहेको छ । ६५ हजार अमेरिकी डलरभन्दा माथि गएको विट्क्वाइन अहिले ६० हजारभन्दा तल झरेको छ । सिवाइनलगायत अन्य डिजिटल करेन्सी पनि तल झरेका छन् ।