मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा ओर्लेको हो ।
 
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर रु चार अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मूल्यम खरिद बिक्री भए ।
 
कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै १९.९३ अङ्कले उकालो लाग्यो । यस्तै,  बैंकिङ १५.४, व्यापार ४५.५१, होटल तथा पर्यटन ९३.५५, विकास बैंक ११९.९८, जलविद्युत् ७५.४४, वित्त ८८.७, निर्जीवन बीमा २०१.५, उत्पादन १०१.०५, लघुवित्त ५६.०४, जीवन बीमा १८९.५२, सामूहिक लगानीकोष ०.०७ र लगानी १.३४ अङ्कले घटेको छ ।
 
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ बराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर १२ करोड २१ लाख २४ हजार ७८१ र महालक्ष्मी विकास बैंक १० करोड ४२ लाख ७१ हजार ५६८, अपि पावर कम्पनी रु १० करोड ३३ लाख ५६ हजार र अरुण काबेली पावर रु नौ करोड ७० लाख ५३ हजार ३३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
 
मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३५ अर्ब ८८ करोड २० लाख ४४ हजार १८ बराबर भएको छ । नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, दूरसञ्चार कम्पनी २.५९, गणपति लघुवित्त २.४९, सामुदायिक लघुवित्त १.९६ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले १.९१ प्रतिशतले कमाए ।
 
त्यस्तै, आइसिएफसी फाइनान्स ५.८४, एनआइबिएल प्रगति फण्ड ५.२५, नारायणी डेभलपमेन्ट बैंक ५.१६, गुडविल फाइनान्स ४.९४ र सिङ्गटी हाइड्रोपावरका लगानीकर्ताले ४.७८  प्रतिशतले गुमाए ।