मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

गायक विपन राईको साँझपख गिति अल्बम अमेरिकामा सार्वजनिक

गायक विपन राईको साँझपख गिति अल्बम अमेरिकामा सार्वजनिक


अमेरिका- अमेरिकामा सक्रिय गायक विपन राईले आफ्नो गिती अल्बम ‘साँझपख’ सार्वजनिक गरेका छन । अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको सो अल्बम नोभेम्बर १४ मा सार्वजनिक भएको हो ।

अल्बम सार्वजनिक कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु उपश्थित रहेका थिए । कार्यक्रममा आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका का प्रमुख तथा करातेका अन्तराष्ट्रिय रेफ्रि पर्खि खालिङ राई र आदिवासी जनजाती महासंघका पूर्वमहासचिव दिपेश लिम्बुलगायतले राईको सांगीतिक यात्राको सफलताको कामना गरेका थिए । 

त्यसैगरी कलाकार संघका प्रमुख संरक्षक अभे ढुंगेल तथा वरिष्ठ उपाध्यक्ष बसन्ती राईको समेत उपस्थिति रहेको सो कार्यक्रममा ओम कर्माचार्यले उपस्थित सबैलाई स्वागत गरेका थिए भने गायक बिपन राईले धन्यवाद ज्ञापन गरेका थिए ।