मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अनेसास ड्यालसको अध्यक्षमा निर्मला

अनेसास ड्यालसको अध्यक्षमा निर्मला

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालस च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ । यसपटकको कार्यसमितिको वहुमतमा महिलाहरु रहेका छन् । १३ सदस्यिय कार्यसमितिमा अध्यक्ष सहित ७ जना महिलाहरु चयन भएका छन् । 
 
आइतबार भएको संस्थाको भेलाले निर्मला राईको नेतृत्वमा नयाँ नेतृत्वको सर्वसम्मत रुपमा चयन गरेको हो । समाजको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः सुमन काजी, भुपेन्द्र न्यौपाने, पवन लामिछाने, भगवती पौडेल र चम्पा पाण्डे चयन भएका छन् ।
 
त्यस्तै सदस्यहरुमा अच्युत रिजाल, कमला अधिकारी, वासु पुष्पा अधिकारी, इश्वरी रिजाल, इन्दिरा भुसाल, सरु काली र युवराज अर्याल रहेका छन् । कार्यक्रममा संस्थापक अध्यक्ष भीम कार्की (सिपिए), आजीवन सदस्य कपिल अधिकारी लगायत साहित्यकारहरुको सहभागिता रहेको थियो । 
 
यसैबीच समाजले देवकोटा जयन्तीका अवसरमा आयोजना गरेको कविता प्रतियोगिताका पुरस्कृत कवि कवयित्रीहरुको घोषणा गरेको छ । 
 
प्रतियोगितामा धुलाबारी झापाका भुषण हुमागाईको ‘महाकविको सम्झना’ शिर्षकको कविता प्रथम भएको छ भने देवघाट तनहुँका गोबिन्द गोपाल खतिवडाको ‘देशको सुगन्ध’ शिर्षकको कविता दोस्रो भएको छ । त्यस्तै खोटाङ्गका शुभचन्द्र राईको ‘भान्छेलाई प्रश्न’ शिर्षकको कविताले तृतीय पुरस्कार प्राप्त गरेको छ ।
 
प्रथम, दोस्रो र तेस्रो हुने कविताले क्रमशः तीनसय, दुईसय र एकसय डलर पुरस्कार प्राप्त गरेका छन् ।